नागरिक उड्डयन प्राधिकरणको बजेट ४१ अर्ब, आम्दानी लक्ष्यभन्दा ४३ प्रतिशत कम



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्ष २०७७÷७८ को वार्षिक बजेट सार्वजनिक गरेको छ । प्राधिकरणले कुल ४१ अर्ब ११ करोड ३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।

प्राधिकरणले सार्वजनिक गरेको बजेटमा जग्गा प्राप्तिका लागि ४ अर्ब ५६ करोड ३३ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । त्यसैगरी पूर्वाधार निर्माणका लागि प्राधिकरणले १७ अर्ब ६८ करोड २७ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

प्राधिकरणले यान्त्रिक उपकरणतर्फ भने १ अर्ब ८३ करोड ९६ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

आम्दानी ५७ प्रतिशत मात्रै
प्राधिकरणले गत आवमा लिएको आम्दानीको लक्ष्यमा ५७ प्रतिशत मात्रै पूरा गरेको छ । गत आवमा कुल १० अर्ब ५४ करोड ४१ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएकोमा जम्मा ५ अर्ब ९६ करोड ५१ लाख ४९ हजार १३४ रुपैयाँ मात्रै आम्दानी गरेको हो ।

जसमध्ये नियमति आम्दानी ५५ प्रतिशत मात्रै र विमानस्थल विकास शुल्क ६१ प्रतिशत मात्रै आम्दानी गरेको छ । गत आवमा नियमति आम्दानी ८ अर्ब ३३ करोड १३ लाख रुपैयाँ गर्ने लक्ष्य लिएकोमा ४ अर्ब ६१ अर्ब ७३ करोड ५५ हजार ३८ रुपैयाँ मात्रै आम्दानी गर्न सफल भएको छ ।

साथै विमास्थल विकास शुल्क वापत २ अर्ब २१ करोड २८ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएकोमा जम्मा ६१ प्रतिशत अर्थात् १ अबृ ३४ करोड ७७ लाख ९४ हजार ९६ रुपयाँ मात्रै आम्दानी गरेको छ ।

प्राधिकरणले गत आवमा प्राधिकरणको आम्दानी करिब ४ अर्ब ५० करोड रुपैयाँ अर्थात ४३ प्रतिशतले घटेको उल्लेख गरेको छ । प्राधिकरणले वायुसेवाहरुको आम्दानी करिब ६ अर्ब रुपैयाँले घट्ने उल्लेख गरेको छ ।

बजेट खर्च ४२ प्रतिशत
त्यसैगरी प्राधिकरणले गत आवमा ४२ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । गत आवमा कुल ४६ अर्ब ९६ करोड ५१ लाख रुपैयाँ बजेटमध्ये जम्मा १९ अर्ब ५१ करोड ५५ लाख २९ हजार ६९३ रुपैयाँ मात्रै खर्च गरेको छ ।

जसमध्ये पुँजीगत खर्च ४०.६१ प्रतिशत, कार्यसञ्चालन खर्च ८१.३१ प्रतिशत र आयकर र अन्य खर्चमा २६ प्रतिशत मात्रै खर्च गरेको छ ।


क्लिकमान्डु