तीन वटा म्यूचुअल फण्डले सार्वजनिक गरे लाभांश, कसको कति ?



काठमाडौं । तीन वटा म्यूचुअलले लाभांश सार्वजनिक गरेका छन् ।

लाभांश सार्वजनिक गर्नेमा एनआईबिएल समृद्धि फण्ड–१, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ र सिद्धार्थ इक्विटी फण्डले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट लाभांश दिने भएका हुन ।

जसमा एनआईबिएल समृद्धि फण्ड-१ले इकाइधनीहरुलाई करसहित १२ प्रतिशत लाभांश दिने भएको छ ।

यस्तै  सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ ले इकाइधनिहरुलाई आव  २०७६/०७७ को नाफाबाट इकाइधनीहरुलाई करसहित ५ प्रतिशत लाभांश दिने भएको छ ।

त्यस्तै सिद्धार्थ इक्विटी फण्डले पनि इकाइधनीहरुलाई ७.५ प्रतिशत लाभांश दिने भएको छ ।


क्लिकमान्डु