बेइजिङको प्रयोगशालामा बन्याे कोरोना भ्याक्सिन, उपयोगका लागि योग्य



चीनको नेशनल बायोटेक ग्रुपले बेइजिङको एक प्रयोगशालामा कोभिड-१९ को भाइरस निस्क्रिय पार्ने भ्याक्सिनको सफल परीक्षण भएको  र अब उपयोगका लागि योग्य भएको बताएको छ ।

चिनियाँ सञ्चारमाध्यमले उक्त समाचार प्रकाशित गरेका छन्

उसका अनुसार उक्त प्रयोगशालामा बेइजिङ नगरपालिका सरकारले गत अप्रिलमा निर्माण पूरा गरेको थियो ।

बेइजिङका अधिकारीहरुले जुलाईमा बायोसेफ्टी प्रयोगशाला निरीक्षणका गरी प्रयोगशाला राष्ट्रिय स्तरको भएको र यसले ठूलो मात्रामा कोभिड–१९ विरुद्धको भ्याक्सिन उत्पादन गर्न सक्ने बताएका थिए ।

बेइजिङसँगै हुवावे प्रान्तको वुहानमा पनि अर्को प्रयोगशाला स्थापना गरिएको छ । नेशनल बायोटेक ग्रुपले यो प्रयोगशालाले प्रत्येक वर्ष २२० मिलियन डोज कोरोना भाइरस निष्क्रिय पार्ने भ्याक्सिन उत्पादन गर्ने क्षमता राख्छ ।

स्रोतः https://bit.ly/2Dj5qnH


क्लिकमान्डु