पहिलो पटक दराज एपबाट सार्वजनिक भयो अपाचे RTR 160 4V सिंगल डिस्क



काठमाडौं । अनलाईन सपिङ एप दराजबाट अपाचे RTR 160 4V सिंगल डिस्क खरिद गर्न पाइने भएको छ । टीभीएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले अपाचे RTR 160 4V को सिंगल डिस्क भेरियन्ट दराज एप मार्फत सार्वजनिक गरेको हो ।

कम्पनीले यसअघि डबल डिस्कमा मात्रै बिक्री गर्दै आएकोमा RTR 160 4V अब सिंगल डिस्कमा पनि उपलब्ध गराएको जानकारी दिएको छ ।

कोभिड १९ को कारण सामाजिक दुरी कायम गर्दै अगाडि बढ्नु पर्ने भएकाले यसको लञ्चिङ नै डिजिटल प्ल्याटफर्मबाट गर्न उचित हुने लागेर दराज मार्फत नै बिक्री सुरु गरेको जगदम्बा माटर्सका भाइस प्रेसिडेन्ट दिपक कुमार अग्रवाल बताए ।

दराजबाट RTR 160 4V मोटरसाइकल किन्ने ग्राहकले नगद १४ हजार रुपैयाँ छुट जानकारी दिए । दराजमा यो योजना ७ दिनको लागि रहने छ ।

यसले ग्राहकलाई पनि फाइदा पुग्ने र अहिलेको समयमा ग्राहकले पनि घरमा नै बसेर आफ्नो लागि मोटरसाइकल किन्न सक्ने भएकाले दराजलाई उपयुक्त थलोको रुपमा छनोट गरिएको अग्रवालबो भनाइ छ ।

जगदम्बा मोटर्सले विभिन्न रेञ्जमा मोटरसाइकल उपलब्ध गराउन प्रतिबद्धता रहँदै आएको छ । नयाँ उत्पादनमा RTR 160 4V  डबल डिस्क जस्तै सम्पूर्ण फिचरहरु उपलब्ध रहेको बताइएको छ । सिंगल डिस्कमा पछाडि चक्कामा भने ड्रम ब्रेक दिइएको छ ।

कम्पनीले साउन ८ गते सार्वजनिक गरेको नयाँ मूल्यसूचीमा नै आरटीआर १६० फोर भी सिंगल डिस्क भेरियन्टको मूल्य सार्वजनिक गरेको थियो । कम्पनीले यसको मूल्य २ लाख ७२ हजार ९०० रुपैयाँ तोकेको छ ।
RTR 160 4V लाई दराज एप मार्फत खरिद गर्ने ग्राहकले नगद १४ हजार रुपैयाँ छुट पाउने छन् । मोटरसाइकलको छुटपछिको मूल्य २ लाख ५८ हजार ९०० रुपैयाँ हुने छ । तर, यसको आधिकारीक मूल्य भने २ लाख ७२ हजार ९०० रुपैयाँ रहेको छ ।


क्लिकमान्डु