अन्तिम समयमा फर्कियो सेयर बजार, कारोबार रकममा गिरावट



काठमाडौं । कारोबारको सुरुमा गिरावट आएको सेयर बजार अन्तिम समयमा आएर केही सुधारोन्मुख देखिएको छ ।

कारोबार सुरु भएको १ घन्टा भन्दा बढी समयसम्म निकै घटेको थियो । कारोबार सुरु भएको १ घन्टापछि १३६५.२३ बिन्दुमा पुगेको थियो । त्यसपछि सुधार देखिएको बजार अन्तिम समयमा आईपुग्दा १.२९ अंकले घटेर १३८१.३७ बिन्दुमा रोकिएको छ ।

यो दिन बजारमा सामान्य गिरावट भएपनि कारोबार रकममा भने धेरै गिरावट देखिएको छ । १८६ कम्पनीको २३ लाख ३७ हजार २३० कित्ता सेयर ९१ करोड ८१ लाख ८९ हजार ४३० रुपैयाँको मात्रै सेयर कारोबार भएको छ ।

बैंकिङ समूहको उपसूचक ३.९३, माइक्रोफाइनान्स समूहको १.५६ अंकले घट्दा जीवन बीमा समूहको उपसूचक ५०.८, निर्जीबन बीमा ३१.८७ अंकले बढेको छ ।
कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रहेको छ ।

कम्पनीको ११ करोड ७८ लाख ५१ हजार रुपैयाँ बढीको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा नेपाल लाइफ इन्स्यारेन्स र एनआईसी एसिया बैंक रहेका छन् ।


क्लिकमान्डु