नेप्सेको अनलाइनमा देखिएको समस्याको छानविन गर्न धितोपत्र बोर्डलाई संघको आग्रह



काठमाडौं । सेयर लगानीकर्ता संघले साउन २१ गते अनलाइन प्रणालीमा देखिएको समस्याप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

पुँजिबजारको सर्वाेच्च निकाय नेपाल धितोपत्र बोर्डद्वारा उक्त कमि कमजोरीको निष्पक्ष छानबीन गर्दै आगामी दिनमा यस्ता घटनाहरूको पुनरावृत्ति नहुने प्रत्याभूति आम लगानीकर्ताहरूमा तत्काल गर्न समेत संघले माग गरेको छ ।

नियमित समय भन्दा ४५ मिनटपछि कारोवार शुरू हुनु र त्यसमा पनि नेपाल स्टक एक्सचेज (नेप्से)को वेवसाईट र टिएमएसमा फरक फरक ईण्डेक्स देखिनु र कुनैमा बढेको र कुनैमा घटेको विरोधाभासपूर्ण सूचि देखिनु हदैसम्मको लापरवाही भएको यस संघको ठहर छ ।

दैनिक कारोवार संचालन गर्ने जिम्मेवारी पाएको नेप्से बाट बारम्बार आईरहने यस्ता समस्याहरूमा जिम्मेवार हुँदै दिर्घकालिन समस्या समाधानमा सम्बेदनशिल भएर लाग्नुपर्ने आवश्यकता रहेको संघको ठहर छ ।

पुँजिबजार जस्तो संवेदनशील क्षेत्रमा लापरवाही गर्ने व्यक्ति वा निकायलाई कही कतैबाट पनि संरक्षण र छुट हुन नहुने भन्दै गलत कार्य गर्नेलाई दण्ड गर्न समेत माग गरेको छ ।


क्लिकमान्डु