स्पर्स लघुवित्तको नाफा ८४ % ले बढ्दा अन्य सूचक कस्ता ?



काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको असार मसान्तसम्म २ करोड ८८ लाख १७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ८४.५७ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमासमा १ करोड ५६ लाख १३ हजार रुपैयाँ रहेको थियो ।
संस्थाको नाफा सँगै खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा पनि उल्लेख्य सुधार आएको छ ।

खुद ब्याज आम्दानी ७ करोड ५२ लाख ६८ हजार रहेकोमा अघिल्लो आवको सोही अवधिमा ४ करोड ४१ लाख ७८ हजार रुपैयाँ रहेको छ ।

यस्तै सञ्चाल मुनाफा पनि २ करोड २८ लाख ६३ हजार रुपैयाँबाट बढेर चालु आवको चौथो त्रैमासमा आईपुग्दा ३ करोड ८९ लाख १७ हजार रुपैयाँ रहेको छ ।

९ करोड ३७ लाख ४८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोषमा ३ करोड ६७ लाख ७६ हजार रुपैयाँ रहेको छ । संस्थाको खराब कर्जा ०.४९ प्रतिशतबाट बढेर १.७६ प्रतिशतमा पुगेको छ ।

प्रतिसेयर आम्दानी ३० रुपैयाँ ७४ पैसा रहेको स्पर्सको प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ २३ पैसा रहेको छ ।


क्लिकमान्डु