एनआरएन इन्फ्रस्टक्चरको आईपीओमा १ करोड ६५ लाख कित्ताका लागि आवेदन



काठमाडौं । एनआरएन इन्फ्रस्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको साधारण सेयरको लागि खुला गरेको आईपीओमा १ करोड ६५ लाख ६७ हजार ६ सय कित्ता आवेदन परेको छ ।

बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार प्रति कित्ता १०० रुपैयाँ दरले ३१ लाख ६० हजार १८३ कित्ता सर्वसाधारणको लागि खुला गरेकोमा १ करोड ६५ लाख ६७ हजार ६ सय कित्तामा आवेदन परेको छ ।

बिक्री प्रबन्धकका अनुसार साँझ ५ बजेसम्म ४ लाख २८ हजार १५३ जनाले १ करोड ६५ लाख ६७ हजार ६०० कित्तामा आवेदन दिएका हुन् ।


क्लिकमान्डु