नेप्सेको सिस्टममा समस्या, सेयर कारोबार ४५ मिनेट ढिला सुरु हुने



काठमाडौं । बुधबार सेयर बजारमा दैनिक कारोबार समय भन्दा ४५ मिनेट ढिला हुने भएको छ ।

नेप्सेका अनुसार बुधबार नेप्सेको नेटवर्किङ प्रणालीमा समस्या देखिएपछि नेप्सेकाे सर्वर र ब्रोकरको टिएमएसबीच सञ्चार नभएका कारण कारोबार रोकिएको हो ।

अहिले त्यो सञ्चार भइसकेको कारण ११ बजार ४५ मिनेट गएपछि कारोबार हुने छ । नेप्से स्रोतका अनुसार अन्तिम समयमा दैनिक ३ बजे बन्द हुने कारोबार बुधबार भने ३ बजेर ४५ मिनेटसम्म हुने सम्भावना रहेको छ ।


क्लिकमान्डु