घर त्यो हो जहाँ मन बस्छ, तपाईंको मनमा बस्ने विश्वकै अनौठा १० घरको कथा



एजेन्सी । घर यस्तो आनन्ददायी ठाउँमा हुनुपर्छ जहाँ तपाईं सुरक्षित महसुस गर्न सक्नुहुन्छ । साथै दिन सकिँदासम्म आराम गर्न सक्नुहोस् । साथै घर यस्तो होस् जहाँ तपाईं साथीहरुसँग समय बिताउन सक्नुहोस् वा अध्ययन गर्न सक्नुहोस् ।

२०औं शताब्दीमा अपनाइएका कैयन विधि तथा सामग्रीले वास्तुकारहरुलाई त्यस्ता ठाउँमा पनि घर बनाउने मौका दिइरहेको अवस्था छ जहाँ पहिले निकै मुस्किल लाग्थ्यो । फरक तरिकाले सोच्ने ग्राहकहरु घरको नयाँ शिराबाट परिभाषा गरिरहेको अवस्था छ ।

एक नयाँ पुस्तक ‘हाउसेजः एक्स्ट्राअर्डिनरी लिभिङ’मा घरका बारेमा हाम्रो रुचि, शैली र सोचमा आएको परिवर्तनका बारेमा उल्लेख गरिएको छ ।

जसमा स्वीडेनको जंगलका बीच बनाइएको घरदेखि क्यार्लिफोनियाको मरुभूमिमा बनाइएका विलासी घरसम्म चर्चा गरिएको छ । काँचको बाकसमा, प्रयोगात्मक प्रोटोटाइप, ओपन–प्लान लेआउटको प्रयोग गरी कुनै पनि प्रोजेक्टरलाई बनाउन मुस्किल छैन ।

१) ग्राहम हाउस, क्यानडा

पश्चिमी तटको नजिक आधुनिक घरलाई क्यानडाका प्रसिद्ध वास्तुकार आर्थर एरिक्सनले ज्याफ्रि मैसेसँग मिलेर डिजाइन गरेका थिए ।

पश्चिमी बैंकुवरको अप्ठ्यारो पहाडमा चट्टानमा यो घरको निर्माण सन् १९६३ मा पूरा गरिएको थियो । लिभिङ एरियाको मुख्य हिस्सा काठको बीम र काँचबाट बनाइएको छ । वास्तुकारहरुले चार तले घरमा प्रवेशद्वार सबैभन्दा माथिल्लो तलामा बनाएका छन् साथै सबैभन्दा तल्लो तला प्रशान्त महासागरको किनाराको चट्टानमा टिकाइएको छ ।

हरेक तलामा खुला ठाउँ छाडिएको छ । जहाँबाट प्रशान्त महासागरलाई हेर्न सकिन्छ । दिवंगत एरिक्सनले लेखेका छन्, ‘ग्राहम हाउसका वास्तुकारका रुपमा मेरो प्रतिष्ठा बढाएको थियो ।’ यो घरलाई सन् २००७ मा ध्वस्त पारिएको थियो

२) डेजर्ट हाउस, अमेरिका
क्यार्लिफोनियाको पाम स्प्रिङमा बनेको यो सुन्दर घरको वास्तुकार जिम जेनिङस तथा लेखिका थेरेस बिसेलले बनाएका हुन् । सन् १९९९ मा जग्गा खरिद गरिएको १० वर्षपछि उनीहरुले घर निर्माण शुरु गरेका थिए । जेनिङस तथा बिसेलले यो घर आफ्ना लागि बनाएका थिए ।

जेनिङसले आर्किटेक्चुरल डाइजेस्टसँग भनेका थिए, जब तपाईं आफै ग्राहक हुनुहुन्छ भने आफ्नो मर्जी अनुसार काम गर्न सक्नुहुन्छ र, तपाईलाई यो सामान्य देखिए पनि कति गाह्रो हुन्छ भन्ने थाहा समेत पाइन्छ ।

यो घरमा बीम र काँचको डेजर्ट मोडर्निजम शैलीमा अपनाइएको छैन । यसको साटो लिभिङ एरियामा २.४ मिटर मोटो कंक्रिटको पर्खालबाट घेरिएको छ भने त्यसको माथि स्टिलको छत राखिएको छ ।
डेजर्ट हाउसमा दुई आँगन छन् । जहाँबाट बाहिरको दृश्य देख्न सकिन्छ । जहाँबाट पाम ट्रि, सेन जेसिन्टो पहाड तथा निलो आकाश देख्न सकिन्छ ।

३) एजल्याण्ड हाउस, अमेरिका

वास्तुकार बर्सी चेन स्टुडियोले एजल्याण्ड हाउस बनाउनका लागि स्थायी अमेरिकीको पिट हाउसको मोडलको रुप छनोट गरेका थिए । टेक्सासको अस्टिनमा निर्माण शुरु गर्नुभन्दा पहिले उनीहरुले जमिनमा २ मिटर गहिरो गरी खनेका थिए ।

यो घर सन् २०१२ मा तयार भएको थियो । यसको छर्फ छत तथा जनिममा ७ फिटसम्म पुगेको भवन हेर्नका लागि पाइँदैन । जाडोमा यो घर न्यायने हुन्छ भने गर्मीमा चिसो हुन्छ ।

यो घरको लिभिङ रुप तथा सुत्ने कोठाबीचमा जानेर नै कुनै पनि बाटो छैन । ताकी यहाँ रहने मानिसहरु धेरैभन्दा धेरै समय बाहिर नै बिताउन सकुन् ।

४) हाउस इन इत्सुरा, जापान

जापानको इबाराकी प्रान्तको एक तले झुकेके घर काठबाट मात्रै बनेको छ । काठका २ वटा खम्बामा उक्त घर बनेको छ । दुई खम्बा पहाडी ढलानमा निर्भर छ । घरको भित्रपट्टीको सजावटमा काठको भरपूर प्रयोग गरिएको छ जसमा स्थानीय जंगलका काठ बढी प्रयोग गरिएको छ ।

घर जुन कोणमा झुकेको छ त्यसले गर्दा घरमा तापमान नियन्त्रित हुन्छ । प्रकाश पूरा आउँछ भने गोपनियता पनि सुरक्षित हुनछ ।

यो घर दुई हिस्सामा बाँडिएको छ । जसमा लामो हिस्समा लिभिङ स्पेस छ जबकी सानो हिस्सामा सुत्ने कोठा छन् । वास्तुकार लाइफ स्टाइल काउबोले यहाँ ६० वटा रुख रोपेका छन् ।

५) बक्काफ्लोट-१ आइसल्याण्ड

सन् १९६० मा पेरिसको इकोले डेस ब्यूक्स-आटर्समा स्नातक तह उत्तीर्णय भएको केही समयपनि हाँना सिगरोआर्डोटिर आइसल्याण्डमा पहिलो महिला डिजाइनर बनिन् ।

केही वर्षपछि उनले देशको सबैभन्दा महान भवनमध्ये एक डिजाइन गरिन् । आधुनिक टर्फ हट जस्तो यो घर रेक्याविकको दक्षिणी उपनगरमा बस्ने परिवारका लागि बनाइएको थियो ।

सन् १९६३ मा सिगरोआर्डोटिरले ६ सदस्य भएको परिवारसँग भनेकि थिइन्, ‘म तपाईंहरुका लागि यस्तो घर बनाउन गइरहेकी छु, जुन आइसल्याण्डको कठिन मौसमबाट बच्नका लागि माटोका तीन टिलाको प्रयोग गर्नेछु ।’

यो घर निर्माणमा ब्रुटलिस्ट तरिका अपनाइएको छ । जसमा कंक्रिटको प्रयोग समेत गरिएको छ । घरका फर्निचर जस्तै सोफा तथा बाथटबमा समेत भित्र र बाहिरको सम्बन्ध जोडिएको थियो ।

६) हाउस अन द क्लिफ, स्पेन

ग्रेनाडामा एक पहाडको ढलान र माटो तथा चट्टानमा उभिएको घर वास्तुकार पाब्लो गिल र जैमे बार्टोलोमले ‘समकालीन गोडीसेक गुफा’ भनेका छन् ।

उनीहरुले क्याटलन आधुनिकतावादको सबैभन्दा ठूलो वास्तुकार अन्टोनी गोडी (स्पेन)को सम्मानमा भनेका थिए । सन् २०१५ मा तयार भएको यो २ तले घरका तापमान सधैभरी १९.५ डिग्री सेल्सियन रहन्छ । यसका लागि पृथ्वीको भित्रि चिसोको प्रयोग गरिएको छ ।

घरको छतमा बनाइएको धातुको धुमावदार फ्रेममा कंक्रिटका दुई स्तर राखिएको छ । त्यसभन्दा माथि हातले जस्ताको टाइज जोडिएको छ । ढाटाबाट हेर्दा यस्तो लाग्छ कि छतमा ड्रैगन बसेको छ ।
यो घरका वास्तुकारका अनुसार धातुको छतबाट प्राकृतिक तथा कृत्रिमको भ्रम उत्पन्न हुन्छ । तलबाट हेर्दा ड्रैगन बसेको जस्तो देखिए पनि माथिबाट हेर्दा समुन्द्रको लहराको भ्रम उत्पन्न हुन्छ ।

७) ड्रैगस्पेल हाउस, स्वीडेन

स्वीडिसमा ड्रैगस्पेसलको अर्थ हुन्छ अकार्डियन (बाद्ययन्त्र) । १९औं शताब्दीको अन्तिममा ओभरे ग्ला झिलको किनारामा रातो काठबाट बनेकाले धुमावधार क्याविन नाम दिएका थिए ।

यो घरको आकार ग्लसकोजन संरक्षित क्षेत्रको सुन्दरतासँग मिल्छ । यसको दृश्य प्रभाव न्यूनतम छ, घरका झ्यालको बाहिरी आवरणमा लुकेको छ । आगामी समयमा यो क्याविनको बाहिरी हिस्सामा काठको धुसर रंग पोतिएको छ । यो घरको विशेषतामा गर्मीको समयमा क्याबिनको अर्को क्षेत्रमा झरनाको धारामाथि बनाइएको छ । त्यसैगरी झ्यालमा पानीको कल-कल आवाज स्पष्टसँग सुन्न सकिन्छ ।

८) टिल हाउस, चिली

चिलीको नेविडाडको चट्टानी तटमा एक गहिरो स्थानमा यो घर एक दम्पतीले साप्ताहिक विदा बनाउनका लागि बनाएका थिए । यो घरको तीनतिर प्रशान्त महासागर छ । समुन्द्रको गर्जना यहाँ स्पष्टसँग सुन्न सकिन्छ । यो घर बाटोमा देख्न भने सकिन्न ।

यो घरको ओपन प्लान छत महासागरको विशालता देख्नका लागि एकदम सही छ । जबकी घरका बाँकी क्षेत्रबाट सुत्न र खानका लागि प्रयोग गर्न सकिन्छ ।
गोपनियता बढाउनका लागि हरेक कोठा अलग बनाइएको छ । पूरा छत एक विशाल डेक जस्तै देखिन्छ ।

९) किर्स आवास, अमेरिका

इलिनोइसको ओक पार्क उपनगरमा बनेको यो घर भ्रम जस्तै छ । फ्रैंक लायड राइट (वास्तुकार)को घर तथा स्टुडियो नै सबैभन्दा राम्रो छ । तर सन् १९८२ मा एरोल जे किर्सले विशाल बंकरमा घर बनाएको घर देख्दा यस्तो लाग्छ कि यो कुनै फिल्ममा देखाइएको घर हो ।

घरको बाहिरी संरचना असामान्य ज्यामितीय जस्तो देखिन्छ भने यो पूरै कंक्रिटबाट बनाइएको छ । तर यसको विशेषता भनेको यसको आकार मेसोपोटामिया जस्तो आकार तथा स्टिलका झ्याल, सौर्य उर्जाको अधिकतम प्रयोग समेत डिजाइनमा गरिएको छ ।

१०) मालाटोर हाउस, वेल्स

वास्तुकार दम्पत्ति जान क्याप्लिकी तथा अमान्डा लेवटेले सुनको पुरानो ब्यारेकलाई मालाटोर हाउसमा परिर्वतन गरेका हुन् । यसको दोस्रो नाम टेलिटबी हाउस पनि हो । दुई वटा कोठा भएको यो घर आरामगाह पेम्ब्रोक्सायर तटमा बनेको छ ।

कृत्रिम पहाडी घरमा धसिएको यो घर सन् १९९८ मा निर्माण गरिएको हो । यसको प्लाइवुड छतमा घास लगाइएको छ । जसले गर्दा बाहिरबाट यो घर जस्तो पनि लाग्दैन ।

घरको भित्री पाटोमा बाथरुम, भान्सा कोठा तथा ठूला सोफा तथा फायरप्लेस समेत भएको लिभिङ रुम समेत बनाइएको छ । पहाडको भित्र पनि घर छ भन्ने चिन्नका लागि घरको आँखाले समुन्द्रको सुन्दरता नियाली रहेको जस्तो देखिन्छ ।


पुष्प दुलाल