१ अर्ब ३५ करोड खर्चेर ११४ भौतिक संरचना बनाउँदै काठमाडौं महानगर, कुन वडामा के ? (सूचिसहित)



काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्र भित्रका ११४ स्थानमा पार्कलगायतका अन्य भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार पारेको छ ।

ती सबै पार्क तथा संरचनाको अनुमानित लागत १ अर्ब ३५ करोड ७८ लाख २८ हजार ३२९ रुपैयाँ रहेको छ । योजनाअनुसार केही पार्क, सार्वजनिक शौचालय, वडा कार्यालयका भवन केही निर्माण भइसकेका छन् । केही निर्माणको चरणमा प्रवेश गरेको छन् ।

उपत्यकामा बन्ने ३४ वटा पार्कमा सबैभन्दा बढी लागतमा बनिरहेको पार्क भने कमलपोखरीको हो । सो पार्कको कूल लागत ९ करोड रुपैयाँ रहेको छ । पार्क निर्माणको अन्तिम चरणमा छ ।

महानगरले आफ्नो क्षेत्र भित्रका अतिक्रमणमा परेका सार्वजनिक जग्गाको पहिचान गर्दै त्यसको संरक्षण गरी खुला क्षेत्र विकास गर्ने र हरियाली प्रवद्र्धन गर्न पार्क निर्माणलाई तिव्रता दिएको जनाएको छ ।

महानगरका प्रमुख विद्यासुन्दर शाक्यले अतिक्रमित सार्वजनिक जग्गा संरक्षण गरी खुला क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले पार्क निर्माण, हरियाली प्रवद्र्धनलगायलाई प्राथमिकतामा राखेको जानकारी दिए ।

‘हरियाली प्रर्वद्धन गरी सहरको सौन्दर्य बढाउन पार्क निर्माण गर्ने महानगरपालिकाको नीति हो,’ प्रमुख शाक्यले क्लिकमाण्डूसँग भने, ‘हामी खुला ठाउँ र सार्वजनिक जग्गा संरक्षण गर्दै ऐतिहासिक एवं वातावरणीय दृष्टिले महत्वपूर्ण स्थानको संरक्षण र सम्वद्र्धन गर्ने कार्यलाई प्राथमिकतामा राखेका छौ ।’

घनाबस्तीमा बस्ने मानिसलाई टहलिन र खुला ठाउँको आनन्द लिन पार्क निर्माणको कार्यलाई अघि बढाइएको शाक्यको भनाइ छ ।

महानगरका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले जतिसक्दो चाँडो कमलपोखरीलगायतका पार्कको निर्माण कार्य सक्ने गरी लागिपरेको बताए ।

विश्वभर फैलिएको कारोना भाइरसको महामारीका बीचमा पनि कामदारलाई सामाजिक दूरी कायम गरी विभिन्न स्थानका पार्क, वडा कार्यालय लगायतका भौतिक पुर्वाधारको निर्माण कार्य भइरहेको उनको भनाइ छ ।

महानगरपालिकाको योजना आयोगले विभिन्न समयमा त्यस्तो भौतिक पुर्वाधारको डिपीआर तयार पारेको थियो । महानगरले न्यूनतम ३ लाख देखि ९ करोड रुपैयाँसम्म भौतिक पूर्वाधार तथा पार्क निर्माणको काम गरिरहेको उपाध्यक्ष सरोज बस्नेतले बताए ।

महानगरपालिकामा बन्ने ३४ वटा पार्कमा वडा नम्बर १ को कमलपोखरी कन्जरभेसन प्लान पार्क, ११ मा चीज पार्क र वडा नं ११ मा त्रिपुरेश्वर पार्क र थापाथली जीतजंग मार्गमा ग्रिनरी पार्क, ७ मा धनदयो चैते बगैंचा, २१ मा लगत पार्क, ४ मा टुडाल देवी र जेष्ठ नागरिक पार्क रहेको छ । यी हाल निर्माणाधिन छन् ।

यस्तै, वडा नं १५ मा विष्णुमती खोलाको पुलदेखि आर्क ब्रिजसम्म पार्क बन्ने भएको छ । वडा नं ६ मा शान्ति नमुना पार्क, १४ मा कुलेश्वर बुद्ध बिहार पार्क र १४ मा नै कुलेश्वरमा आवास क्षेत्रमा पनि पार्क बन्ने भएको छ । वडा नं ७ को गौरीघाटमा माछा पार्क र सोही वडाको मैजुबहाल पार्क, २३ मा धर्मभक्त पार्क भने निर्माण भइसकेको छ ।

वडा नं ३२ मा तीनकुने पार्क, अपरावती सामुदायिक पार्क र सोही वडाको कोटेश्वारमा दोभान पार्क तथा जेष्ठ नागरिक दिवासेवा भवन निर्माण हुनेछ । वडा नम्बर १३, १५,१८ र १९ स्थित बिष्णुमती खोलाको करिडोरमा पनि पार्क बन्ने छ ।

ंयस्तै वडा १७ मा इन्द्रायणी पार्क, १२ मा पचली, ३१ वडामा चिल्ड्रेन पार्क, १७ मा बिष्णुमती खोला करिडोरमा पार्क बन्नेछ ।

वडा नं ३० डिल्लीबजार गुर्जुचौर पार्क, ३१ वडामा प्रयोग मार्ग ओपन स्पेश पार्क, वडा ६ मा कपुरधारामा लाजिम्पाट पार्क, बाग्मती नगरमा पनि त्यस्तै योजना बनाइएको छ ।

सिमलटार पार्क, धुम्रबराह पार्क, शिवस्थ, शंख पार्क, धोविखोला करिडोरमा सुकेधारामा पार्क बन्नेछ । यस्तै १६ मा बालाजु २२ धारा पार्क र वडा ३ मा बाँसबारी इको पार्क बन्ने भएको छ ।

वडा नं २१ मा प्रमुख कै क्षेत्रमा लङ्गपार्कको टेन्डरको काम सकेर निर्माणको काम शुरु भएको छ ।

महानगरले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा समावेश गरेका योजनामा महानगर जेष्ठ नागरिक पार्क, स्ट्रिट फुड पार्क, बाल उद्यान, जेष्ठ नागरिक आश्रम, सहिद पार्क, चेसपार्क, महानगर बाजे–बज्यै पार्क, महिला मैत्रीपार्कलगायत रहेका छन् ।

योजनाअनुसार महानगरपालिकाले वडा नं १५ मा सहिद पार्क निर्माणका लागि १ करोड, वडा नं ५ मा नरबुद्ध पार्कका लागि १ करोड ५० लाख, कुलेश्वर आवास क्षेत्र भित्र रहेको सार्वजनिक जग्गामा पार्क निर्माण गर्न ५० लाख बजेट विनियोजन गरेको छ ।

यस्तै, वडा नं १४ को ज्ञानतिर्थमा पार्क निर्माणका लागि ४० लाख, वडा नं ११ को कुमारी मन्दिर नजिकै र धोवीखोला दोभानको सार्जजनिक जग्गामा पार्क निर्माण गर्न २५ लाख बजेट विनियोजन गरेको थियो ।

त्यसैगरी महानगरपालिकाले वडा-८ को गुहेश्वरीपारी पार्क निर्माण गर्न २० लाख, ७ को कालोपुल र भत्केको पुलको बिचमा आइल्याण्डपार्क निर्माण गर्न ४० लाख, ९ को कुमारी मन्दिर परिसरमा पार्क निर्माण गर्न २५ लाख, ४ मा धुम्बाराही पार्क निर्माणका लागि १ करोड, सोही वडाको शिवस्थली पार्क निर्माणका लागि लाग्ने ६ करोड लाग्ने देखिएको थियो ।

वडा-१४ को खड्का गाउँमा पार्क निर्माणका लागि ३० लाख, बालाजु पार्क विकास तथा स्वमिङपुल पुनः निर्माणका लागि बहुवर्षीय योजनामा १ करोड, १७ को धोविचौर परिसरमा निर्माण र गाहिती पुर्ननिर्माणमा ३० लाख, रानीपोखरी क्षेत्र विस्तार कार्यका लागि १ करोड, ३२ को बालकुमारीमा अमरावती पार्क निर्माणका लागि बहुवर्षीय योजनामा १ करोड, सोही वडाकै तीनकुनेमा आधुनिक बुद्धपार्क निर्माणको लागि डिपिआर प्रतिवेदन तयार पार्न १ करोड विनियोजन गरेको थियो ।

महानगरपालिकाले दिएको जानकारी अनुसार विष्णुमती करिडोरमा पार्क निर्माणका लागि बहुवर्षीय योजना अन्तर्रगत २ करोड, वडा–७ मा मैजुबहाल पार्क निर्माणका लागि ६२ लाख, ३१ मा जेष्ठ नागरिक आश्रम तथा पार्क निर्माणका लागि वहुवर्षीय योजनामा २ करोड बजेट विनियोजन गरेको छ ।

यस्तै वडा नं ३२ को कोटेश्वर महादेवस्थानमा सार्वजनिक भवन र पार्क निर्माणका लागि ५० लाख, बागमती मनोहरा दोभानदेखि बालकुमारी पुलहुँदै मनोहरा, हनुमन्ते दोभानसम्म नदी किनारको जग्गा संरक्षण र पार्क निर्माणका लागि २ करोड, कोटेश्वर महादेवस्थानको सिँढी स्तरोन्नती र पार्क निर्माणका लागि ३० लाख विनियोजन गरेको थियो ।

त्यस्तै ३२ को जनमैत्री हरित उद्यान निर्माणका लागि वहुवर्षीय योजना अन्तरर्गत १ करोड, २५ को महानगर जेष्ठ नागरिक पार्क निर्माणका लागि १ करोड, ११ को थापाथलीमा सडक किनारा पार्क निर्माणका लागि ४० लाख र सोही वडाको चेसपार्क स्तरोन्ततिका लागि ३६ लाख खर्च गर्ने लक्ष्य राखिउको छ ।

योजनाअनुसार वडा नं ४ को महानगर बाजे–बज्यै पार्कको वहुवर्षीय योजनाका लागि ३ करोड, ३१ को प्रयागमार्ग पार्क निमार्णका लागि बहुवर्षीय योजनामा १ करोड, १० मा स्ट्रिटफुड पार्क निर्माणका लागि २५ लाख र सोही वडाको सानो गौचरण पार्क सुधारका लागि १ करोड बजेट विनियोजन भएको छ ।

वडा नम्बर ३० को मैतिदेवी पार्क निर्माणका लागि ५० लाख, ३१ को जागृति बाल उद्यान निर्माणका लागि ५० लाख, ३२ को पुरानो टाउनप्लानिङ मनोहरा नदी किनारमा पार्क निर्माणका लागि ५० लाख, खुला योग तथा व्यायमशाला निर्माणका लागि ५० लाख, वडा-४ को विशालनगरमा पार्क निर्माण कार्यका लागि ५० लाख विनियोजन गरेको थियो ।

गत वर्ष बने दर्जन बढी पार्क

महानगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा २३ वडामा सहिद धर्मभक्त माथेमा पार्क, ३१ वडामा हनुमान पार्क, गणेश मन्दिर पार्क, लोकेश्वर महादेव मन्दिर परिसरमा पार्क निर्माण सम्पन्न गरेको छ ।

त्यसैगरी वडा ४ मा टुँडालदेवी पार्क, टुसाल पार्क निर्माणको काम महानगरपालिकाले सम्पन्न गरेको छ । विभिन्न वडामा मदन भण्डारी पार्क, सुकेधारा कृष्ण गल्ली पार्क, बाँसबारी इकोपार्क, टुँडालदेवी पार्क, धुब्रबराह पार्क निर्माणको पहिलो चरणको काम सम्पन्न गरेको छ ।

दर्जन बढी पार्कको निर्माण शुरु

महानगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मै न्ह्योखा पार्क, शान्ति नमूना पार्क, गौरीघाट हरियाली पार्क, धोबीखोला पार्क, त्रिपुरेश्वर ज्येष्ठ नागरिक पार्क, कुलेश्वर पार्क, कुलेश्वर आवास क्षेत्र पार्क, बागमती नगर पार्क, कुमारी पार्क, रानीबारी पोर्पा अजिमा पार्क, वडा नम्बर २१ मा लगं पार्क, कमल पोखरी पार्कलगायको निर्माण कार्य शुरु गरिसकेको छ ।

ती पार्क निर्माणका लागि करीब ३८ करोड रुपैयाँ बराबरको बजेट व्यवस्था गरेको थियो । वागमती नगर पार्क करीब ७ करोडमा र लगं पार्क करीब ६ करोडको लगानीमा निर्माण भैरहेका छन् ।

कुन वडामा के बन्दैछन् ?


पुष्प दुलाल