एक वर्षमा साढे २३ करोडको तास आयात



काठामाडौं । चाडपर्व वा फुर्सदको समयमा भेला भई खेल्ने खेल हो तास । यसलाई नेपाली समाजमा जुवा पनि गरिन्छ । कतिपय ठाउँमा फुर्सदको समयमा भेला भई खेल्ने गर्छन् ।

के तपाईंलाई थाहा छ नेपालमा गत वर्ष मात्रै २३ करोड रुपैयाँको तास विदेशबाट आयात भएको छ । आर्थिक वर्ष २०७६/७७ मा नेपाल सरकारले विभिन्न ५ देशबाट २३ करोड ५४ लाख ९३ हजारको तास आयात गरेको छ ।

जसबाट नेपाल सरकारले १२ करोड ८५ लाख ८ हजार आयात राजस्व संकलन गरेको छ । तास आयात गर्नेमा सबैभन्दा बढी चीनबाट ल्याएको भन्सार विभागको तथ्याङ्कले उल्लेख गरेको छ ।

गत वर्षमा तीनबाट ११ अर्ब ६७ करोड ६९ लाख ८६ हजार प्याकेट तासको २१ करोड २१ लाख १७ हजारको तास आयात गरेको छ । जसबाट नेपालले ११ करोड ५८ लाख २३ हजार आयात राजस्व संकलन गरेको छ ।

यस्तै, भारतबाट १ करोड ४६ लाख ८१ हजार, मलेसियाबाट ५३ लाख २३ हजार, अमेरिकाबाट ३३ लाख ७२ हजारको तास आयात गरेको छ । त्यसैगरी थाइल्यान्डबाट पनि एक प्याकेट ल्याएको त्यसको कुनै पनि मूल्य र राजस्व संकलन नगरेको विभागले देखाएको छ ।


क्लिकमान्डु