एसईई नतिजा प्रकाशन हुँदै, यसरी हेर्न सकिन्छ नतिजा
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा एक साताभित्र प्रकाशन गर्ने तयारी गरेको छ । योसँगै नेपाल टेलिकमले परीक्षाको प्रतिफल हेर्न सहज सेवा उपलब्ध गराउने भएको छ ।
कोभिड–१९ का कारण एसईई विद्यालयले नै आन्तरिक मूल्यांकनका आधारमा बोर्ड नजिता प्रकाशन गर्न लागेको हो ।
यसरी हेर्न सकिन्छ नतिजा
एसईईको नतिजा नेपाल टेलिकमको वेवसाइटबाट हेर्न सकिने टेलिकमले जानकारी दिएको छ । टेलिकमले फोन, एसएमएस र आफ्नो वेवसाइटमार्फत हेर्न मिल्ने व्यवस्था गरेको हो ।
कम्पनी एक सूचना जारी गर्दै नतिजा प्रकाशित गरेको केही समयपछि नै नतिजा थाहा पाउनका लागि मोबाइलबाट १६०० डायल गरी आइभीआर प्रविधिमार्फत् हेर्न सकिने जनाइएको छ ।
नेपाल टेलिकमका मोबाइल नम्बरहरु, तारवाला टेलिफोन र सिडिएमए फोनबाट पनि १६०० मा डायल गर्न सकिने छ । यसरी १६०० मा कल गर्दा दिइएको निर्देशन अनुसार आफ्नो सिम्बोल नम्बर थिचेर नतिजा थाहा पाउन सकिन्छ ।
साथै, मोबाइल, जीएसएम र सिडिएमए फोनबाट म्यासेज बक्समा गएर एसईई स्पेस सिम्बोल नम्बर टाइप गरी १६०० मा म्यासेज पठाउनु पर्नेछ ।
टेलिकमले आफ्नो वेबसाइटमा लगइन गरेर पनि नतिजा थाहा पाउन सकिने व्यवस्था गरेको छ ।
यसका बाहेक राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेवसाइट, राष्ट्रिय परीक्षा बोर्डको वेवसाइट, एनसेलको वेवसाइटलगायतका वेवसाइटबाट हेर्न सकिने जनाएको छ ।