एक वर्षमा ७४ करोडको सेनिटाइजर र ३६ करोडको मास्क आयात



काठमाडौं । गत आर्थिक वर्षमा विभिन्न २४ वटा देशबाट ७४ करोड ३२ लाख ९४ हजार रुपैयाँको स्यानिटाइजर आयात भएको छ । त्यसैगरी मास्क ३८ करोड ८० लाख रुपैयाँको आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसको कारण नेपालामा चैत ११ गतेदेखि लकडाउन सुरु भयो । लकडाउन सुरु भएसँगै कोरोनाको न्यूनिकरणको लागि स्यानिटाइजर र फेस मास्क विभिन्न देशबाट आयात भएको भन्सार विभागको तथ्याङकले देखाएको छ ।

यो अवधिमा स्यानिटाइजर मात्रै नभएर इन्फेक्सन र मास्क न्यूनिकरणको लागि आवश्यक तरल पदार्थ पनि आयात गरिएको छ ।

यो अवधिमा २४ देशबाट १६ लाख १४ हजार २९० किलो स्यानिटाइजर आयत भएकोमा सबैभन्दा बढी भारतबाट आयात भएको छ । भारतबाट ९ लाख ८१ हजार १९६ किलो स्यानिटाइजर आयात भएको छ । यस्तै भारतबाट नै १ लाख २० हजार ८७८ किलो डिस इन्फेक्सन पदार्थ आयात भएको देखिएको छ ।

भारतपछि चीनबाट ३ लाख ५२ हजार ५९६ किलो स्यानिटाइजर र चीनबाट नै १२ हजार ६२९ किलो डिसइन्फेक्सन पदार्थ आयात भएको भन्सार विभागले जानकारी गराएको छ । अमेरिकाबाट भने सबैभन्दा २ लाख २७ हजार रुपैयाँको जम्मा ४ किलो डिसइन्फेक्सन पदार्थ आयात भएको छ ।

यता नेपालमा भारत, चीनको अलावा जर्मनी, इन्डोनेसिया, स्वीजरल्याण्ड, थाइल्याण्ड, टर्की, बेलायत, संयुक्त अरब इमिरेट,भियतनाम, अमेरिका, ताइवान, कोरिया लगायतका देशबाट आयात भएको देखिएको छ ।

त्यसैगरी मास्क २८ वटा मास्क बनाउने मेसिन ५ करोड ३९ लाख ९२ हजार रुपैयाँमा आायत गरिएको छ ।

त्यसैगरी विभिन्न देशबाट ७३ हजार १९९ केजी मास्क आयात भएको देखिन्छ । गत वर्ष सबैभन्दा धेरै चीनबाट ६७ हजार ८३३ केजी मास्क ३४ करोड ९२ लाख ४४ हजार रुपैयाँमा आयात भएको छ ।

त्यसैगरी भारतबाट ३८ लाख २७ हजार रुपैयाँ, दक्षिण कोरियाबाट १८ लाख ७१ हजार रुपैयाँ, हङकङबाट ८ लाख ५७ हजार रुपैयाँ, ताइवानबाट ११ लाख ४४ हजार रुपैयाँ, जापानबाट ३ लाख ७८ हजार रुपैयाँ, म्यानमारबाट ३ लदाख ८७ हजार रुपैयाँको मास्क आयात भएको छ ।

त्यसैगरी ताइवान, अमेरिका, बंगलादेश, थाइल्याण्ड, मेक्सिको, भियतनाम, यूएई, सिंगापुर, स्वीटजरल्याण्डबाट समेत मास्क आयात भएको छ ।


क्लिकमान्डु