विध कम्पनीद्वारा ५० जना ट्राफिक प्रहरीको निशुल्क पीसीआर परीक्षण
काठमाडौं । चार हजार रुपैयाँमा कोरोना भाइरसको पीसीआर परीक्षण शुरु गरेको विध म्यानेजमेन्ट कम्पनीले ५० जना ट्राफिक प्रहरीको निशुल्क पीसीआर परीक्षण गरेको छ ।
पछिल्लो समय सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण बढ््दै गएसँगै कम्पनीले निशुल्क परीक्षण गरेको हो । हाल उपत्यकामा कार्यरत ट्राफिक प्रहरीमा कोरोना देखिएपछि महाशाखा सिल गरिएको थियो ।
विध म्यानेजमेन्टले आइतबार ५० जना ट्राफिक प्रहरीको नमूना स्वाव संकलन गरेको ट्राफिक महाशाखाले जानकारी दिएको छ ।
सरकारको अनुमतिमा साउन १५ गतेदेखि पीसीआर परीक्षण शुरु गरेको कम्पनीले हाल ४ हजार रुपैयाँमै पीसीआर परीक्षण गर्दैै आएको छ । शुरुमा ४५ सय रुपैयाँमा पीसीआर परीक्षण गर्ने भने पनि कम्पनीले पनि ५ सय रुपैयाा शुल्क घटाएको थियो ।
कम्पनीले पीसीआर रिपोर्ट ४ घण्टामै उपलब्ध गराउने समेत बताएको छ ।