नारायणगढ-मुग्लिन सडक खण्डमा सवारी चलाउँदा अब कर बुझाउनुपर्ने



काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डमा सवारी साधन गुडाउँदा अब सडक दस्तुर कर लाग्ने भएको छ । गत साउन १२ गते बसेको मन्त्रिपरिषदको बैठकले सडक दस्तुर कर उठाउन स्वीकृति दिने निर्णय गरेको हो ।

भौतिक योजना मन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरिएको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

उनका अनुसार सडक मर्मतका लागि नारायणगढ–मुग्लिन सडक खण्डमा हलुका सवारी साधनका लागि २५ रुपैयाँ, भारी सवारी साधनका लागि ५५ रुपैयाँ सडक उपभोग दस्तुर लिने निर्णय गरेको छ ।


क्लिकमान्डु