सेयर बजारमा सामान्य सुधार, जलविद्युत कम्पनी तर्फ लगानीकर्ताको ध्यान



काठमाडौं । सेयर कारोबारका लागि यो साताको अन्तिम दिन बिहीबार सामान्य सुधार भएको छ ।

सेयर बजार मापन गर्ने सूचक ७.५३ अंकले बढेर १४३९.०६ बिन्दुमा रोकिएको छ ।
१८९ कम्पनीको ३४ लाख ३० हजार ५३२ कित्ता सेयर १ अर्ब ३२ करोड २ लाख ६६ हजार ६७८ रुपैयाँको सेयर किनबेच भएको छ ।

बैंकिङ समूहको ५.०३, होटल १३.८८, निर्जीबन बीमा ५०.४६, उत्पादन तथा प्रशोधन २७.१८, माइक्रोफाइनान्स १५.०२ र जीवन बीमा समूहको उपसूचक ५५.४९ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रहेको छ । पुनर्बीमा कम्पनीको २२ करोड ९१ लाख ५५ हजार ६३ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रोमा क्रमशः नेपाल लाइफ इन्स्योरेन्स र एनआईसी एसिया बैंक रहेको छ ।

बिहीबारको कारोबारमा खानिखोला हाईड्रोपावरको सेयर कारोबार १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

यस्तै आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था, पन्चकन्या माई हाईड्रोपावर, नेशनल हाईड्रोपावर कम्पनी, हिमालयन उर्जा विकास कम्पनीका लगानीकर्ताले कमाउँदा घोडाघोडी लघुवित्त वित्तीय संस्था, गुँरास लघुवित्त वित्तीय संस्था, प्रोग्रेसिभ फाइनान्स, मल्टिप्रपोज फाइनान्स कम्पनी, आईएमई जनरल इन्स्यारेन्सका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु