उद्योग वाणिज्य महासंघले २१ गतेलाई बोलायो कार्यकारिणी समितिको बैठक



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले २१ गते कार्यकारिणी समितिको बैठक बोलाएको छ । महासंघको पदाधिकारी बैठकले २६ र २७ मा हुने भनिएको साधारणसभा स्थगित गर्ने निर्णय गरेको थियो ।

त्यसको विरोध उपाध्यक्षद्वय चन्द्र ढकाल र उमेशलाल श्रेष्ठले गरेका थिए । त्यसपछि महासंघ अध्यक्ष भवानी राणालाई कार्यकारिणी समितिको बैठक बोलायन ढकाल समर्थक सदस्यले लिखित रुपमा निवेदन दिएका थिए । महासंघको पदाधिकारी बैठकले सरकारले पूर्ण रुपमा लकडाउन खोलेको १५ दिनभित्रमा साधरणसभा गर्ने निर्णय गरेको थियो ।

कार्यकारिणी समितिको बैठकमा नयाँ मितिको विषयमा निर्णय हुने सम्भावना छ । बैठक जुम मार्फत संचालन हुने छ ।


क्लिकमान्डु