सेलपे सेवाले ल्यायो ‘एनीभर्सरी अफर’



काठमाडौं । भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले आफ्ना ग्राहकहरुको साथ र मायाको कदर गर्दै धन्यवाद स्वरुप आफ्नो वार्षिकोत्सवलाई संस्मरणीय बनाउन एनिभर्सरी अफर लिएर आएको छ ।

अफर अन्तर्गत ग्राहकले साउन १६ गते सेलपेबाट पहिलो मर्चेन्ट पेमेन्ट गर्दा ५० प्रतिशत अधिकतम १ हजार रुपैयाँसम्म क्यासब्याक पाउनेछन् ।

यसका साथै सेलपेका ५ जना भाग्यशाली ग्राहकहरुले सेल्सबेरी डिपार्टमेन्ट स्टोरमा १०० सेकेण्डभित्र १ रुपैयाँमा असीमित ग्रोसरी सामानहरु किनमेल गर्ने मौका पाउनेछन् भने सेलपेको वार्षिकोत्सवको अवसरमा ग्राहकहरुको माझ खुशी बाड्नको लागि यस अफरको शसुरुवात गरिएको हो ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेशन दुबै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो ।

सेलपेबाट विभिन्न दुरसञ्चार सेवा, विजुली, खानेपानी, टिभी, इन्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुराँमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, बीमा रकम भुक्तानी, ईएमआई भुक्तानी, कोविड(१९ को बीमा रकम भुक्तानी तथा सेयर कारोबार, पीटुपी, पीटुबी, बीटुबी र बीबुपीआदि वास्तविक समयमा गर्न सकिन्छ ।

सेलपेबाट हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुन्छ भने सेलपे सेवासँग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।


क्लिकमान्डु