युरोपेली केन्द्रीय बैंकले भन्यो लाभांश वा बोनस नबाँड्नु



काठमाडौं । कोरोनाका कारण अर्थतन्त्र समस्यामा परेको भन्दै युरोपेली केन्द्रीय बैंक (इसिबी)ले कुनै पनि वोनस वा लाभांश नबाँड्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

कोरोनाका कारण आर्थिक गतिविधिमा नकारात्मक प्रभाव परेका कारण उनीहरुले बोनस नबाँड्न भनेका हुन् ।

युरोपेली युनियनका देशमा छरिएका बैंकहरुलाई आगामी जनवरी १, २०२१सम्म लाभांश वा बोनस वितरण नगर्न आग्रह गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

कोरोनाभाइरस संकटका कारण उत्पन्न हुनसक्ने आर्थिक उतारचढाव थेग्न पर्यात सुरक्षा व्यवस्था गर्न यस्तो आग्रह गरिएको हो ।

इसीबीले यसअघि पनि लाभांश वा बोनस भुक्तानीमा रोक लगाउने अस्थायी निर्णय गरेको थियो । यो निर्णय आगामी अक्टोबर २०२० सम्मका लागि जारी गरिएको थियो ।

इसीबीले मंगलबार जारी गरेको विज्ञप्तिमा कोरोनाकालमा बैंकहरुमा पुगेको नोक्सानीबाट माथि उक्लन तथा मुलुकका अर्थतन्त्रलाई मद्दत गर्न पनि बोनस वा लाभांश बितरण रोक्नु परेको उल्लेख छ ।


क्लिकमान्डु