बुध्द होलिडेजले ल्यायो पोखरा र चितवनका लागि आकर्षक होलिडे प्याकेज



काठमाडौं । बुध्द एयरले २ दिन र ३ रातका लागि होलिडे प्याकेज ल्याएको छ । लामो लकडाउनका कारण शिथिल भएको पर्यटन क्षेत्रलाई राहत दिने उद्देश्यले कम्पनीले पोखरा र चितवनका लागि होलिडे प्याकेज ल्याएको हो ।

अहिलेको स्थितिलाई चलायमान बनाउनका लागि बुध्द होलिडेजले नाफारहित आकर्षक पोखरा र रमाइलो चितवन प्याकेज ल्याएको छ ।

बुध्द एयरले पोखरा तथा चितवनका होटलहरुको सहकार्यमा प्याकेज ल्याएको हो । बुध्द होलिडेज बुध्द एयरको भगिनी संस्था हो ।

अहिलेको परिस्थितिमा संक्रमणरहित यात्रा तथा पर्यटकीय प्याकेजका लागि बुध्द होलिडेजले कोभिडविरुद्धका सुरक्षा निर्देशिका पनि तयार गरेको छ । यसलाई अक्षरसः पालना गर्दै यात्रु तथा पर्यटकलाई संक्रमणरहित घुमफिरका लागि बुध्द होलिडेजले अनुरोध गरेको छ ।

आस्था बस्नेत

कोभिडविरुद्धका सुरक्षा निर्देशिका हाम्रा सहयोगी कम्पनीहरुले जारी गरी पूर्वअभ्यास पनि गरिसकेको छ । निर्देशिकाले जहाजदेखि, पर्यटक गाडी तथा होटेल, रेष्टुराँ तथा त्यहाँ रहेको कामदारलाई पनि समेटेको होलिडेजका सीईओ आस्था बस्नेतले बताइन ।

‘सुरक्षा निर्देशिकाको पालना गर्न गराउन हामी सम्वेदनशील छौं र यसको नियमित अन्तरालमा हामी स्वयंले अनुगमन गर्नेछौं,’ उनले भनिन् ।

दुई रात तीन दिने पोखरा प्योकजको मूल्य जम्माजम्मी ५ हजार ९९९ रुपैयाँ छ । यसमा दुईतर्फी हवाई टिकट, तारे होटेलको बसाई, बिहानको खाजा, पोखरा एयरपोर्टबाट होटेल र फेरि फर्किदा एयरपोर्टको गाडी सुविधा समावेश गरिएको छ ।

यसैगरी चितवनको पनि दुई रात तीन दिने प्योकजको मूल्य ७ हजार ९९९ रुपैयाँ तोकिएको छ । यसमा पनि दुईतर्फी हवाई टिकट, तीनतारे होटेलको बसाई, बिहानको खाजा, चितवन एयरपोर्टबाट सौरहा होटेल र फेरि फर्किदा एयरपोर्टको गाडी सुविधा समावेश गरिएको छ ।

‘कम्पनी यसको मुख्य उद्देश्य शुरुमा आन्तरिक पर्यटकलाई चलायमान तथा प्रवद्र्धन गरी हामी र हाम्रा सेवा सुरक्षित छन् भन्ने देखाउनु र विदेशी पर्यटकलाई समेत भित्राउनु रहेको कम्पनीका सीइओ बस्नेतले बताइन् ।

यो योजना सीमित अवधिभरका लागि लागू गरिएको छ ।


क्लिकमान्डु