नेप्से परिसूचक २२.२४ अंकले बढ्दा २ अर्बको कारोबार



काठमाडौं । साताको पहिलो दिन सेयर बजार उत्साहजनक रुपले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आइतबार २२.४० अंकले बढेर १४६५.१० बिन्दुमा बन्द भएकोे हो ।

बजारमा दोहोरो अंकको वृद्धि हुँदा १ सय ९० कम्पनीले ४५ हजार ६०३ कित्ता सेयर खरिद बिक्री गरेका थिए । जसवापत १ अर्ब ९४ करोड २६ लाख ७९ हजार ३८० रुपैयाँ बराबरको कारोबार भएको छ ।

जसमध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको २५ करोड ८४ लाख बढी र नेपाल रि–इन्स्योरेन्सको १९ करोड ९४ लाख रुपैयाँ बढीको कारोबार भएको हो ।

यसैगरी, आइतबार सबैभन्दा बढी मिर्मिरे माइक्रोफाइनान्स कम्पनीको लगानीकर्ताले कमाएका छन् । कम्पनीको प्रतिसेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ । साथै सबैभन्दा बढी बेष्ट फाइनान्सका कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीको सेयर मूल्य ६.५४ प्रतिशतले घटेको छ ।

सो दिन नेप्से सुचिकृत १२ वटा समुह मध्ये ९ वटा समुहको परिसुचक बढेको छ भने, होटल, हाइड्रो पावर र म्युचुअल फण्ड समुहको सुचक घटेको छ ।


क्लिकमान्डु