लामो दुरीका सवारी साधन भदौ १ देखि चल्ने, निजीमा लागेको जोरविजोर बुधबारदेखि नलाग्ने



काठमाडौं । लामो दूरीका सवारी साधनसञ्चालन हुन पाउने भएका छन् । सरकारले छोटो, मध्यम र लामो दुरीका सबै प्रकारका सवारी साधानलाई भदौ १ गतेदेखि सञ्चालन हुन दिने गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा. खतिवडाले बताए ।

सोमबार बसेको मन्त्रिपरिषदकोे निर्णय सार्वजनिक गर्दै उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तोकेको मापदण्ड पुरा गरी सबै प्रकारका यातायात जिल्ला भित्र र जिल्ला बाहिर सञ्चालन हुन पाउने बताएका हुन् । योसँगै निजी सवारी साधनमा जोरबिजोर प्रणाली पनि हटेको छ । यस्तै एउटा जिल्लाभित्र रहेको निजी सवारीको जोर विजोर प्रणाली समेत बुधबारदेखि लाग्ने छैन ।

यस्तो छ मन्त्रिपरिषदको निर्णय :


क्लिकमान्डु