निर्जीवन बीमा कम्पनीले करिब २५ अर्ब बीमाशुल्क आर्जन गरे, १२ कम्पनीको अर्ब बढी



काठमाडौं । गत आर्थिक वर्ष २०७६/७७ मा निर्जीवन बीमा कम्पनीहरुले करिब २५ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले अग्नी, मोटर, सामुन्द्रिक सामुन्द्रीक, हवाई, कृषि तथा बाली, इन्जिनियरिङ तथा अन्य विविध बीमाबाट सो बीमा शुल्क आर्जन गरेका हुन् ।

बीमा कम्पनीहरुले बीमा समितिमा बुझाएको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७६÷७७ मा सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीहरुमध्ये १८ वटा कम्पनीले २४ अर्ब ७६ करोड रुपैयाँ प्रिमियम शुल्क संकलन गरेका हुन् । समितिले उपलब्ध गराएको तथ्यांकमा राष्ट्रिय बीमा कम्पनी र नेपाल इन्स्योरेन्सको तथ्यांक समावेश छैन ।

गत वर्षमा एउटा निर्जीवन बीमा कम्पनीले ३ अर्ब बढी, २ वटा कम्पनीले २ अर्ब बढी र ९ वटा कम्पनीले १ अर्ब बढी बीमा शुल्क संकलन गरेका छन् । साथै ५ वटा कम्पनीले ५० करोड रुपैयाँ बढी र १ कम्पनीले ५० करोड रुपैयाँभन्दा कम बीमा शुल्क संकलन गरेका छन् ।

सो अवधिमा शिखर इन्स्योरेन्सले ३ अर्ब ५० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । २ अर्ब बढी शुल्क संकलन गर्नेमा कम्पनी सगरमाथा र नेको इन्स्योरेन्स हुन् ।

समितिद्वारा उपलब्ध तथ्यांकअनुसार सिद्धार्थ, एनएलजी, प्रिमियर, प्रभु, हिमालयन जनरल, आइएमइ जनरल, लुम्बिनी जनरल, पुण्डेन्सियल र ओरेन्टीयल इन्स्योरेन्स रहेका छन् । साथै गत आवमा सानिमा जनरल इन्स्योरेन्सले ५० करोड रुपैयाँभन्दा थोरै प्रिमियम संकलन गरेको हो ।

एक वर्षको अवधिमा सबैभन्दा बढी शिखर इन्स्योरेन्सले प्रिमियम संकलन गरेको छ । कम्पनीले सो अवधिमा ३ अर्ब ५० करोड रुपैयाँ प्रिमियम संकलन गरेको हो ।

यस्तै, समीक्षा अवधिमा सबैभन्दा थोरै ३५ करोड रुपैयाँ प्रिमियम संकलन सानिमा जनलर इन्स्योरेन्सले गरेको छ ।

समितिबाट प्राप्त विवरण १ वर्षमा बीमा शुल्क आर्जनमा दोस्रो नम्बरमा भने सगरमाथा इन्स्योरेन्स रहेको छ । कम्पनीले सो अवधिमा २ अर्ब २० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।

त्यस्तै गत आवमा सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्ने कम्पनीको सुचीमा तेस्रो स्थानमा नेको इन्स्योरेन्स रहेको छ । कम्पनीले १ वर्षमा २ अर्ब १० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ, भने चौथो स्थानको सिद्धार्थ इन्स्योरेन्स १ अर्ब ९५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

यसैगरी गत आवको असार मसान्तसम्म अर्ब बढी बीमा शुल्क आर्जन गर्ने निर्जीवन बीमा कम्पनीको सुचीमा एनएलजी १ अर्ब ७५ करोड रुपैयाँ, प्रिमियर १ अर्ब ६४ करोड रुपैयाँ, प्रभु १ अर्ब ५६ करोड रुपैयाँ, हिमालयन जनरल १ अर्ब ३७ करोड रुपैयाँ, आइएमइ जनरल १ अर्ब ३६ करोड रुपैयाँ, लुम्बिनी जनरल १ अर्ब २१ करोड रुपैयाँ, पुण्डेन्सियल १ अर्ब ३ करोड रुपैयाँ र ओरेन्टीयल इन्स्योरेन्सले १ अर्ब १ करोड रुपैयाँ बीमा शुल्क संकलन गरी अर्ब बढी शुल्क आर्जन गर्ने कम्पनीमा सुचीकृत भएका छन् ।

बीमा समितिको तथ्यांकअनुसार गत आवमा १ अर्ब रुपैयाँभन्दा कम र ५० करोड रुपैयाँभन्दा बढी बीमा शुल्क संकलन गर्ने निर्जीवन बीमा कम्पनीहरुमध्ये एभरेष्ट ९० करोड रुपैयाँ, अजोड ८५ करोड, नेशनल ७६ करोड, युनाइटेड ६५ करोड र जनरल इन्स्योरेन्स ५७ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।


क्लिकमान्डु