गत आवमा कारोबार बढेर डेढ खर्ब कट्यो, नेप्से र सेबोनले कति पाए कमिसन ?



काठमाडौं । आर्थिक वर्ष २०७६/७७ मा १ खर्ब ५० अर्ब ३ करोड ९४ लाख रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको छ । यो अघिल्लो आव २०७५÷७६ को तुलनामा ३६.३१ प्रतिशतले बढेको छ ।

अघिल्लो आर्थिक वर्षमा १ खर्ब १० अर्ब ७ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । कारोबार रकममध्ये २७ अर्ब २३ करोड ३१ लाख रुपैयाँ (३८ प्रतिशत) बराबरको कारोबार अनलाइनमार्फत भएको छ ।

कारोवार भएका धितोपत्रको संख्याका आधारमा अघिल्लो आर्थिक वर्षमा ३८ करोड ७५ लाख ६ हजार कित्ता धितोपत्र कारोबार भएकोमा आव २०७६÷७७ मा ४२ करोड ८५ लाख २२ हजार कित्ता धितोपत्र कारोबार भएको छ ।

यसमध्ये अनलाइनमार्फत् १६ करोड ०१ लाख २२ हजार कित्ता (४०) प्रतिशत सेयर किनबेच भएका छन् ।

त्यसैगरी कारोवार संख्या अघिल्लो आर्थिक वर्ष १४ लाख २२ हजार ७ सय ९१ रहेकोमा आव २०७६/०७७ मा १८ लाख ४८ हजार ७ सय ७३ पटक धितोपत्र किनबेच भएको छ । यसमध्ये ८ लाख २२ हजार सय ४५७ प्रतिशत कारोबार अनलाइनमार्फत भएको छ ।

हालसम्म ३ हजार ४ सय २९ लगानीकर्ताले अनलाइनमार्फत कारोबार गर्न युजरनेम र पासवर्ड लिएका छन् । आव ६४ हजार ३७२ लगानीकर्ताले अफलाइन र ८ हजार ९४४ लगानीकर्ताले अनलाइना कारोबार गरका छन् ।

समीक्षा अवधिमा दैनिक औसत कारोबार रकम ८२ करोड ४३ लाख रुपैयाँ कायम भएको छ । यस्तो औसत अघिल्लो आर्थिक वर्षमा ४३ करोड ५० लाख रुपैयाँ रहेको थियो ।

आव २०७६/०७७ को असार मसान्तमा बजार पुँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड २६ लाख रुपैयाँ कायम भएकोमा अघिल्लो असार मसान्तमा बाजार पूँजीकरण १५ खर्ब ६७ अर्ब ४९ करोड ९३ लाख रुपैयाँ थियो ।

समग्र बजार परिसूचक नेप्से आव २०७६/०७७ को असार मसान्तमा १३६२.३५ कायम भएको छ । अघिल्लो वर्ष असार मसान्तमा नेप्से १२५९.०२ बिन्दुमा थियो ।

आव २०७६/७७ मा प्राथमिक निष्कासनमार्फत् ८ कम्पनीको २२ करोड ८१ लाख ५५ हजार कित्ता सेयर सूचीकरण भएको छ । यसैगरी ९६ कम्पनीको ४१ करोड ९१ लाख ३३ हजार कित्ता सेयर सूचीकरण भएको छ भने १५ कम्पनीको ४ करोड ९० लाख २३ हजार कित्ता सेयर सूचीकरण भएको छ ।

यस अवधिमा १७ कम्पनीको ३ करोड ३६ लाख ८१ हजार कित्ता संस्थागत ऋणपत्र सूचीकृत भएका छन् । यसैगरी ६ वटा म्युचुअल फन्डका ५७ करोड ४५ लाख कित्ता इकाई सूचीकृत भएका ओटीसी बजारमा आर्थिक वर्ष २०७६÷७७ मा १९ कम्पनीको २२८ वटा कारोबारबाट कल १ अर्ब ८९ करोड ६ लाख बराबरको कारोबार भएको छ ।

सेयर बजारबाट २८ लाख ३६ हजार कमिसन नेप्सेले, २ लाख ८३ हजार सेबोनले कमिसन पाएको छ भने राज्यले ३२ लाख ६० पुँजीगत लाभकर प्राप्त गरेको छ ।


क्लिकमान्डु