चुक्ता पुँजीको ५% भन्दा कम वितरणयोग्य नाफा भएका बैंकले नगद लाभांश दिन नपाउने



काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।

मौद्रिक नीति मार्फत आव २०७६/०७७ मा खुद वितरणयोग्य नाफाको ३० प्रतिशतसम्म उक्त संस्थाको २०७७ असार मसान्तसम्म निक्षेपको भारित औषत ब्याजदर भन्दा बढी नहुने गरी मात्रै नगद लाभांश दिने पाउने व्यवस्था गरेको छ ।

कुल चुक्ता पुँजीको ५ प्रतिशत भन्दा कम खुद वितरणयोग्य नाफा भएका वित्तीय संस्थाको नगद लाभांशमा रोक लगाइने भएको छ ।


क्लिकमान्डु