प्रभु बैंकले पायो २ अर्बको डिबेन्चर निष्काशनको अनुमति



काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रभु बैंकलाई दुई अर्ब बराबरको डिबेन्चर निष्काशन गर्न अनुमति दिएको छ । बैंकलाई २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता डिबेन्चर निष्काशन शुक्रबार बोर्डले स्वीकृति दिएको हो ।

बैंकले ८ वर्षे अवधिको जारी गर्ने ‘प्रभु बैंक डिबेन्चर २०८४’ डिबेन्चरको ब्याजदर १० प्रतिशत निर्धारण गरेको छ । बैंकको डिबेन्चर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बकिङले गर्नेछ ।

कूल २० लाख कित्तामध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत र ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणमा बिक्री गरिने जनाइएको छ ।


क्लिकमान्डु