मौद्रिक नीति आज: मार्जिन लेन्डिङ, होम लोन र अटो लोनको सीमा बढाइयो



काठमाडौं । नेपाल राष्ट्र बैंकको शुक्रबार बिहान ८ बजेदेखि बसेको सञ्चालक समितिको बैठक सकिएको छ । बैठकले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति पारित गरेको छ ।

मौद्रिक नीतिले मार्जिन लेन्डिङ, होम लोन र अटो लोनको सीमा केही बढाउने भएको छ । राष्ट्र बैंक उच्च स्रोतका अनुसार पर्सनल होमलोनको सीमा १० प्रतिशतले बढाइएको छ भने मार्जिल लेण्डिङको सीमा पनि ५ प्रशितले बढाएर ७० प्रतिशत पुर्याइने भएकोछ ।

राष्ट्र बैंकले अटो लोनको सीमालाई पनि बढाएर ६० प्रतिशत पुर्याएको छ । ५० लाख रुपैयाँ पर्ने गाडी किन्नु परेमा २० लाख रुपैयाँ डाउनपेमेन्ट गरेर बाँकी इस्टलमेन्ट तिरे पुग्छ ।

तत्कालका लागि अन्य क्षेत्रमा ऋण प्रवाह हुनसक्ने अवस्था नभएका कारण यी क्षेत्रमा बैंकले प्रवाह गर्न पाउने ऋणको बढाइएको राष्ट्र बैंक स्रोतको दाबी छ ।

‘आजका दिनमा बैंकिङ प्रणालीमाा २ खर्ब अधिक तरलता छ, तत्कालै अन्य क्षेत्रमा कर्जाको माग बढ्ने अवस्था छैन, त्यसैले बजारमा कर्जा प्रवाह होस् र आर्थिक क्रियाकलापहरु बढुन् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरेका हौं,’ स्रोतले भन्यो ।

गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति आज दिउँसो ३ बजे सार्वजनिक गर्ने कार्यक्रम छ ।


पुष्प दुलाल