सीडीएससीको सीइओ बन्न ७ जनाको आवेदन



काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा ७ जनाको आवेदन परेको छ ।

मंगलबारसम्म आवेदन दिने अन्तिम म्याद थियो । त्यसदिनसम्म ७ जनाले आवेदन दिएको सिडिएससीले जानकारी गराएको छ ।

आवेदन दिनेमा पूर्णप्रसाद आयार्च, एमबी खत्री, दिनेशकुमार बर्तौला, कृष्ण प्रसाद लामिछाने, डिल्लीप्रसाद चौधरी, कृष्ण गिरी र भिष्मराज चालिसे छन् ।

सिडिएससीका लागि सीइओ छनोट समितिले सीइओ छनोटमा ३ सदस्य समिति छ । उक्त समितिले सीइओ छनोट गर्ने छ ।

केन्द्रीय सेवा नियमावली २०६७ बमोजिम खुला प्रतियोगिताबाट छनोट गरी पूर्ति गरिने छ । सीइओको पदावधि ४ वर्षको हुने छ ।

सीइओको पारिश्रमिक र सुविधा केन्द्रीय निक्षेप सेवा नियमावली २०६७ र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको सञ्चालक समितिले तोके बमोजिम हुनेछ ।


क्लिकमान्डु