नेकपाका सांसद्ले मागे अर्थमन्त्री खतिवडाको राजीनामा, काम गर्न नसक्ने विज्ञ अर्थमन्त्री किन चाहियो ?



काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टीका सांसद्हरुले नै अर्थमन्त्री डा युवराज खतिवडा अर्थमन्त्रीको रुपमा अब बस्नु औचित्यहिन भएको बताएका छन् । अर्थसमितिको बैठकमा उनीहरुले अर्थतन्त्र खराब अवस्थामा पुगेको भन्दै विज्ञअर्थमन्त्री किन चाहियो भनेर प्रश्न समेत गरेका छन् ।

अर्थसमितिको बैठकमा नेकपाकी सांसद् रामकुमारी झाँक्रीले अर्थमन्त्री डा। खतिवडाले अर्थतन्त्रलाई राम्रो ढंगबाट चलाउन नसकेको बताएकी छन् ।

‘अर्थतन्त्रका विज्ञ अर्थमन्त्री हुँदा खुसी भएपनि तेस्रो बजेट आउदा निराश भएको अनुभव भएको छ,’उनले भनिन् ।

‘पुरानो तरिकाले काम गर्ने सुधार पनि नहुँने पनि अर्थतन्त्र चलाउनको लागि विज्ञ अर्थमन्त्री किन चाहियो ? ‘ झाँक्रीले प्रश्न गर्दै भनिन् ।

नेकपाका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेकपाको घोषणापत्र अनुसार बृद्धभत्ता ५ हजार पुर्याउन कसरी सकिएला भनेर प्रश्न गरेका छन् ।
अर्थसमितिको बैठकमा पूर्वअर्थमन्त्री पाण्डेले सरकारलको आधा कार्यकाल सकिएको भन्दै प्रतिबद्धता अनुसार काम गर्न नसकेको बताए ।
‘कोरोनाको कारण औद्योगिक लगायत सबै क्षेत्रमा समस्या देखिएको छ,हामीले काम गर्न सकेनौ,’पाण्डेले भने ।

उनले नेपालबाट निर्यात गर्नको लागि भारतीय बैंकमा प्रतिशत जम्मा गर्नुपर्ने कुरा गुनासो आएको भन्दै भारतसँग वार्ता गरेर समस्याको समाधान निकाल्नुपर्ने बताए ।

नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्र कार्कीले नेकपाको सरकारले विकास नभएर भ्रष्टाचार मात्र गरेको आरोप लगाए ।


क्लिकमान्डु