जुनमा अमेरिकी बजेट घाटा आठ खर्ब ६४ अर्ब डलर   

रासस/एएनआई २०७७ असार ३१ गते ११:४५ मा प्रकाशित

US President Donald Trump observes a moment of silence at the White House to mark the 18th anniversary of the 9/11 attacks, on September 11, 2019, in Washington, DC. (Photo by Nicholas Kamm / AFP) (Photo credit should read NICHOLAS KAMM/AFP/Getty Images)

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको संघीय बजेट घाटा जुनमा अत्यधिक उच्च विन्दूमा पुगेको अमेरिकी अर्थमन्त्रालयले जनाएको छ ।

कोभिड–१९ को सङ्क्रमणका कारण निकै प्रभावित विश्व शक्तिराष्ट्र अमेरिकामा जुनमा बजेट घाटा आठ अर्ब ६४ करोड अमेरिकी डलर पुगेको मन्त्रालयद्वारा सोमबार सार्वजनिक तथ्याङ्कमा उल्लेख छ । यससँगै सन् २०२० को पहिलो छ महिनामा अमेरिकामा व्यापार घाटा अहिलेसम्मकै उच्च २७ खर्ब रहेको तथ्याङ्कमा उल्लेख छ ।

जुनमा अमेरिकी सञ्चितीमा पनि पाँच अर्ब अमेरिकी डलरले कमी आएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कुनै तथ्याङ्कलाई उद्धृत नगरीकनै जुनका लागि लिएको लक्ष्य पूरा गर्न संघीय प्रशासन असफल भएको तथ्याङ्कले देखाएको छ ।

सन् २०२० को पहिलो त्रैमासिकमा अमेरिकी अर्थतन्त्रमा पाँच प्रतिशतले सङ्कुचन आएको र यो सङ्कुचन सन् २००८/०९ देखिएको विश्वव्यापी वित्तीय सङ्कटपछि पहिलो पटक उच्च देखिएको हो ।

कोभिड–१९ को महामारीका कारण अमेरिकी ५० राज्यमध्ये अधिकांश राज्यमा लकडाउन वा कोरोना नियन्त्रणका लागि भएका प्रयासका कारण व्यवसायिक गतिविधि प्रभावित भएको कारण अर्थतन्त्रमा सङ्कुचन आएको अमेरिकी अर्थमन्त्रालयको दावी रहेको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स