प्रभुु क्यापिटल र समृद्धि क्यापिटलबीच एकीकृत कारोबार शुरु

112
Shares

काठमाडौं । प्रभुु क्यापिटल र समृद्धि क्यापिटलबीच एकीकृत कारोबार शुरु भएको छ । पूँजी बजारमा मर्चेन्ट बैंकरको रुपमा कार्यरत यी दुई क्यापिटल आपसमा मर्ज भएर मर्जरपछि प्रभु क्यापिटलको नामबाट एकिकृत कारोबार शुरु गरिएको हो ।

एकिकृत कारोबार उदघाटन समारोहमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना नेपाली पूँजी बजारमा मर्जर पछिको प्रभु क्यापिटलले गुणस्तरीय सेवा प्रदान गरी पूँजीबजारमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे । क्षमता र योग्यता देखाउन सक्ने संस्था मात्र बजारमा रहन सक्ने वास्तविकता औल्याउँदै प्रभु क्यापिटलले पक्कै पनि पूँजी बजारमा आफ्नो दरिलो स्थान बनाउने विश्वास लिएको बताउनु भयो ।

उनले नेपालमा सेक्युरिटाइजेसनको अवधारणा नभएको हुँदा धितोपत्र बोर्डले यसतर्फ समेत ध्यान दिइरहेको बताए । साथै विशिष्टिकृत योजनामा विदेशी लगानी समेत भित्र्याउन सकिने व्यवस्था गरिएको हुँदा क्यापिटलहरु अझ बढि श्रृजनशील हुनुपर्ने अध्यक्ष ढुङ्गानाको भनाइ छ ।

कार्यक्रममा तत्कालिन समृद्धि क्यापिटल लिमिटेडका अध्यक्ष एलपि भानु शर्माले पूँजी बजार व्यक्तिमात्रै नभई समाज नैं बन्ने मेलो भएको कुरालाई जोड दिदै ठूला ठूला संस्थाहरु नबनिकन देश बन्दैन भन्दै नेपाल धितोपत्र बोर्डले नियामकीय दायरा फराकिलो बनाईदिन आग्रह गरे ।

यस्तै, प्रभु गु्रपका अध्यक्ष देवी प्रकाश भट्टचनले देशको राजनीतिक अवस्थाले आर्थिक क्षेत्रमा प्रभाव पर्ने बताउँदै आर्थिक क्षेत्रको विकासका लागि स्थीर सरकार र आर्थिक क्षेत्र प्रति सकारात्मक र बलियो धारणा राख्ने सरकार हुनुपर्ने बताए ।
मर्जर पश्चात प्रभु क्यापिटलको अधिकृत पूँजी १ अर्ब र चुक्ता पूँजी ८१.७१ करोड रुपैयाँ पुगेको छ ।