चार वटा ब्रोकरबाट कारोबार गर्न नपाएपछि लगानीकर्ता पुग्ने नेप्से घेर्न, यस्तो छ वाइकोको प्रस्टिकरण



काठमाडौं । सातको पहिलो दिन आइतबार सेयर कारोबार खुलेदेखि नै ४ वटा ब्रोकरबाट कारोबार गर्ने लगानीकर्ता १ घन्टा सेयर कारोबार गर्नबाट बञ्चित भएका छन् ।

कारोबारको सुरुदेखि नै ब्रोकरको सिस्टम नै खुल्दा लगानीकर्ताहरुले कारोबार गर्न नपाएको गुनासो गरेका छन् । झण्डै १ घन्टासम्म लगानीकर्ता कारोबार गर्नबाट बञ्चित बनेपछि झण्डै एक दर्जन लगानीकर्ता नेप्सेमा पुगेका थिए ।

नेप्सेमा पुगेर केही लगानीकर्तालाई कारोबार गर्न दिएको र केहीलाई कारोबार गर्नबाट गर्न बञ्चित गरेको भन्दै कारोबार नै स्थगत गर्न दबाब दिएका थिए । लगानीकर्ताहरुले नेप्से भित्रै गएर प्रमुख कार्यकारी अधिकृत (सिइओ) चन्द्रसिंह साउनलाई भेटेर समस्याको जानकारी गराउन खोजेका थिए ।

झण्डै सवा १२ बजे नेप्से पुगेका साउदले लगानीकर्ताको समस्याको बारेमा जानकारी लिनु भन्दा पनि सिधै कार्यालयमा प्रवेश गरेर लगानीकर्ता नेप्से आएको भन्दै प्रहरीलाई खबर गरे । तत्कालै प्रहरी नेप्सेमा पुगेपछि लगानीकर्ता निस्केका थिए ।

उनीहरुले आगामी दिनमा यस्ता समस्या नदेखिने गरी काम गर्न आग्रह गरेका छन् । यता वाइको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिपेश प्रधानले यो समस्या अनलाइन सिस्टममा नभइ डाटामा भएको बताए ।

लगानीकर्ता तथा ब्रोकरहरुले विभिन्न माध्यमबाट विओआईडी परिवर्तन गर्दा यो समस्या देखिएको हो । हाल दैनिक ६ सय सम्म बीओआईडी परिवर्तन हुने गरेको छ । एउटा ब्रोकरबाट अर्को ब्रोकरमा जाने भए कि पुरानोमा डिएक्टीभ गरेर नयाँमा एक्टिभ गर्नुपर्छ । एक्टिभ गर्दा दुई ब्रोकरमा द्वुविधा हुनसक्छ, कसले गर्ने भनेर ।

लगानीकर्ताले पनि सिधै नट्स सिस्टममा पनि इमेल पठाउन सकिन्छ । इमेल पठाउँदा आउने अवरोधको कारण आजको समस्या आएको प्रधानले बताए ।

इमेल गर्दा बीओआईडी नम्बर वास्तविक नम्बर चाहिन्छ । बीओआईडि नम्बर भएको ठाँउमा कतै स्पेश, प्लस, माइनस वा केही स्पेशल क्यारेक्टर आएको भएर समस्या भएको हो । उनले भने ‘हामीले समस्या देखिएको ५५ मिनेट भित्रमा सबै समस्या समाधान गरेका छौं, सुरुमा हामी कसैले सिस्टममा भाइरसले आक्रमण गर्यो कि भन्ने लागेको थियो, त्यो होइन रहेछ ।’

आइतबार सुरुमा ४८, ५७ र ५४ को बीओआईडिबाट समस्या देखिएको हो । यस्ता समस्या हतपत नआउने उनको तर्क छ । ‘जुन जुन ब्रोकरमा यस्तो समस्या आयो त्यहाँबाट आएको इमेलमा, स्पेश, क्यारेक्टर राखेको देखियो, त्यो पाएपछि त्योे भाइरस होकी, कसैले ह्याक गरेको हो की भनेर सिस्टमले रोकेको हो, नम्बर ० देखि ९ सम्म हुनेपर्नेमा स्पेश, प्लस, माइनस, प्रतिशत आएको भएर रोकेको हो’ उनले भने ‘सबै चलेको छ, ४ वटा मात्र ब्रोकर नचल्दा एक एक गरेर हेर्यौ, कारण पनि खोज्यौ ।’

केही ब्रोकरमा मात्रै समस्या देखिएपछि कसैले आक्रमण गर्न खोजेको हो की वा भाइरसले आक्रमण गरेको हो की भनेर खोज्दा बीओआईडिएमा समस्या देखिएको उनको दाबी हो ।

‘कसैको स्पेश, कसैकोमा प्लस, माइनस, कसैकोमा प्रतिशत देखियो, त्यो देखिएपछि सिस्टमले रोकेको हो’ उनले भने ‘सुरुमा पत्ता लगाउन २० मिनेट लाग्यो, पछि काम गर्न आधा घन्टा लाग्यो, बजार चलेको समयमा समस्या आएकोले समस्या देखिएको सबैलाई क्लिन गरियो, त्यसले गर्दा समस्या लागेको हो । सबैमा समस्या आएको भए थाहा पाउन सकिन्थ्यो, कुनै कुनैमा आएकोले समस्या भएको हो ।’

सुरुमा एउटा सफा गरेको ५, मिनेटमा फेरी अर्कोमा समस्या देखिएको उनको तर्क छ । पहिला ५४, अर्को एक ब्रोकर र त्यसपछि ५७ र अन्तिममा ४८ पनि यस्तै समस्या देखिएको उनको भनाइ छ । डाटामा बिओआईडी नम्बरमा क्यारेक्टर परेपछि देखिएको समस्या भएको सिइओ प्रधानको भनाइ छ ।


क्लिकमान्डु