अमिताभ र अभिषेक बच्चनलाई कोरोना संक्रमण पुष्टि



भारतीय अभिनेता अमिताभ बच्चनमा कोरोना संक्रमण पुष्टि भएको छ । अमिताभ बच्चनसँगै उनका छोरा तथा अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना पुष्टि भएको हो ।

तर परिवारका अन्य सदस्यमा भने कोरोना परीक्षण नेगेटिभ आएको छ । उनीहरुलाई अहिले मुम्बईस्थित नामावती अस्पतालमा भर्ना गरिएको छ । अमिताभ आफैले टि्वट गरी यसबारेमा जानकारी दिएका थिए ।

अमिताभ बच्चन ७७ वर्षका भइसकेका छन् । उनलाई विशेष निगरानीमा राखिएको छ ।


क्लिकमान्डु