पोषण कार्यक्रमका लागि युरोपियन युनियनले दियो ३ अर्ब बढी अनुदान



काठमाडौं । युरोपियन युनियनले बहुपक्षीय पोषण कार्यक्रमका लागि २३.३५ मिलियन युरो अर्थात् ३ अर्ब १६ करोड रुपैयाँ बराबरको सहयोग अनुदानका लागि हस्ताक्षर भएको छ ।

शुक्रबार अर्थमन्त्रालयमा अनुदान सहयोग सम्बन्धि द्विपक्षीय सम्झौता भएको हो । सम्झौतामा अर्थसचिव शिशिर कुमार ढुंगाना र युरोपेली युनियनका एसिया, सेन्ट्रल एसिया, मिडल इस्ट/गल्फ एन्ड प्यासिफिकका डाइरेक्टर जनरल फर इन्टरनेशल कोअपरेसनका निमित्त निर्देशक जियन लुइस भिल्लेले हस्ताक्षर गरे ।

युनियनले कार्यक्रमका लागि सन् २०१८-२०२२ सम्मको दोस्रो चरणका लागि अनुदान उपलब्ध गराएको हो । जसमध्ये २० मिलियन युरो अर्थात् २ अर्ब ७१ रुपैयाँ बराबरको अनुदान बजेटरी सहयोगका लागि उपलब्ध हुनेछ भने बाँकी ३.३५ मिलियन युरो युनिसेफको प्राविधिक सहयोगमार्फत खर्च हुनेछ ।

कार्यक्रम कार्यान्वयनका लागि राष्ट्रिय योजना आयोगले र नेपाल सरकार सम्बन्धि मन्त्रालयसँग समन्वय गर्नेछ । यो कार्यक्रम तत्काल शुरु भइ ७२ महिनामा पूरा हुने सम्झौतामा हस्ताक्षरपछि जारी विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु