पूर्वअर्थमन्त्री कार्कीले मागे नयाँ स्टक एक्सचेन्ज, अहिलेको स्टक एक्सचेन्जबाट बजार विकास नहुने



काठमाडौं । पूर्वअर्थमन्त्री तथा कांग्रेस सांसद् ज्ञानेन्द्रबहादुर कार्कीले अहिलेको स्टक एक्सचेन्जबाट सेयर बजारको विकास नहुँने भन्दै नयाँ स्टक एक्सचेन्ज ल्याउनुपर्ने बताएका छन् ।

अर्थसमितिले गठन गरेको उपसमितिले बुझाएको पूँजी बजार सम्बन्धि प्रतिवेदनको छलफल कार्यक्रममा कार्कीले २ महिनामा आउनुपर्ने प्रतिवेदन ११ महिना लगाएको भन्दै असन्तुष्टी जनाए ।

उनले बैंकलाई ब्रोकरको लाइसेन्स दिनुपर्ने भन्दै ११ वटा शर्तमा दोहोरो अर्थ भएको भन्दै मासु काटेर रगत ननिकाल जस्तो भएको बताए ।

उनले सेयर बजारलाई प्रतिस्पर्धी बनाउनको लागि नयाँ स्टक एक्सचेन्ज खोल्नुपर्ने माग राखे ।


क्लिकमान्डु