ब्राजिलका राष्ट्रपतिलाई कोरोना संक्रमण पुष्टी



काठमाडौं । ब्राजिलका राष्ट्रपति  दायर बोल्सोनारोलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मंगलबार राष्ट्रपति बोल्सोनारो आफैले कोरोना संक्रमण भएको जानकारी दिए ।

‘सबैलाई थाहा छ कि कोरोनाको संक्रमण ठूलो संख्यामा फैलिरहेको छ, मलाई पनि संक्रमण भएको छ, उनले त्यहाँका सञ्चारमाध्यमसँग भने ।

उनलाई अहिले हाइड्रोक्लोरोक्विन र एजुथ्रोमाइसिन औषधि दिइएको छ । ४ महिनामा गरिएको चौथो पटकको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।

उनलाई १०० डिगिरी ज्वरो भए पनि फोक्सो भने सफा रहेको सञ्चारमाध्यमले जनाएका छन् ।

ब्राजिलमा कोरोनाको संक्रमण फैलिरहेको भए पनि उनी लकडाउन हटाउने पक्षमा छन् । यद्यपि सबैलाई सामाजिक दूरी क़ायम राख्न र मास्क लगाउन समेत आग्रह गरेको छन् ।


क्लिकमान्डु