बैंकलाई सेयर ब्रोकर लाइसेन्स दिने विपक्षमा नेप्से, बैंकबाट मात्र बजार विस्तार नहुने



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले संसदीय उपसमितिलाई बैंकका सहायक कम्पनीलाई दिँदैमा दोस्रो बजार विस्तार नहुने सुझाव दिएको छ ।

पुँजी बजार तथा मुद्रा बजार सम्बन्धमा अध्ययन गर्न सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा गठन भएको उपसमितिलाई यस्तो सुझाव दिएको हो ।

नेप्सेले दिएको सुझावमा ‘बैंकलाई दिँदैमा दोस्रो बजार विस्तार हुँदैन संस्थाको प्राविधिक पक्ष हेर्नुपर्ने, लगानीकर्तालाई सुसुशिच बनाउनु पर्ने, अहिले भएको ब्रोकरको सञ्जाल बढाउनु पर्ने’ उल्लेख छ ।

नेप्सेले दिएको सुझावमा लगानीकर्ताको संघ संस्था पछाडि ठूला प्लेयर रहेको र जसका बैंक वित्तीय संस्था, बीमा, उद्योग, ट्रेडिङ एउटैको रहेको उल्लेख छ ।

नेप्सेले दिएको सुझावमा बजारमा पारदर्शीता आउने भएका कारण ठूला लगानीकर्ताले अनलाइन नचलाएको जनाएको छ । त्यस्तै लगानीकर्ताले नै अनलाइन सफ्टवेयर कमजोर छ, ब्रष्ट हुन्छ भनेर भ्रम फैलाएको सुझावमा उल्लेख छ ।

सुझावमा ब्रोकरको सञ्जाल बनाउनको लागि आधिकारिक एजेन्टलाई स्थानीयस्तरमा खटाउन सकिने, ब्रोकरलाई सेयर किनबेच गर्न कुलिङ पिरियड दिउँ, स्टक डिलरको काम गर्न छिट्टै कम्पनी गर्दा गर्न दिन सुझाव दिएको छ ।

यस्तै अहिलेको ब्रोकरलाई पब्लिक लिमिटेड कम्पनीमा परिणत गर्ने, विज्ञ भनिएकाको कति सेयर छ भनि पहिचान गर्नुपर्ने सुझावमा उल्लेख छ ।

उपसमितिलाई नेप्सेले बैंकका सहायक कम्पनीलाई ब्रोकरको काम गर्न दिँदा दोस्रो बजार विस्तार नहुने बरु अहिले भएको ब्रोकरको संञ्जाल बढाउन सुझाव दिएको थियो ।

तर प्रतिनिधि सभाको अर्थ समितिले गठन गरेको उपसमितिको प्रतिवेदनमा विभिन्न ११ वटा प्रश्न उठाएर त्यसको सम्बोधन गरेर बैंकका सहायक कम्पनीलाई ब्रोकरको लाइसेन्स दिन सुझाव दिएको छ ।


क्लिकमान्डु