इरानको मुद्रामा भारी गिरावट, १ डलरको मूल्य २ लाख १५ हजार रियाल पुग्यो



इरानको मुद्रा रियालमा भारी गिरावटको सिलसिला जारी छ । बोनबास्ट डटकका अनुसार सोमबार १ अमेरिकी डलरको मूल्य २ लाख १५ हजार पुगेको छ । यो आधाकारिकदर ४२ हजार रियालको तुलनामा करिब ५ गुणा बढी हो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार पछिल्लो केही सातामा जारी गिरावटका कारण त्यहाँको केन्द्रीय बैंकले अग्रसरता लिनु परेको थियो । बैंकले लाखौं डलर बजारमा प्रवाह गर्यो ताकी केही स्थिरता आओस् । केन्द्रीय बैंकका गभर्नर अब्दुलननसिर हेमत्तीले यो कदमलाई बुद्धिमानी र सही दिशानिर्देश भएको बताए ।

उनले रकमबारे जानकारी नदिँदै बैंकसँग पर्याप्त मात्रामा विदेशी मुद्राको भण्डार रहेको बताएका थिए । अर्थशास्त्रीहरुका अनुसार कोरोना भाइरसको कारण उत्पन्न आर्थिक संकटको समयमा चालु खाता तथा राज्य कोषमा घाटामा भइरहेको असरका कारण ती भण्डारको प्रयोग जरुरी भएको छ ।

इन्स्टिच्युट अफ इन्टरनेशनल फाइनान्समा मिडल इस्ट एन्ड नर्थ अफ्रिकाका मुख्य आर्थिक सल्लाकार गैब्रिस इरेडियनका अनुसार बजारमा लगानीका लागि उनीसँग सीमित विदेशी मुद्रा भण्डार छ । साथै अमेरिकाको प्रतिबन्धका साथै अन्तर्राष्ट्रिय समूदायबाट अगल भएका कारण अब आगामी दिनमा हुने कुनै पनि प्रकारको गिरावट रोक्न सकिने अवस्था छैन ।

सन् २०१५ मा इरानले अमेरिकासहित ६ वटा देशसँग एउटा न्यूक्लियर सम्झौतामा हस्ताक्षर गरेको थियो । तर सन् २०१८ मा अमेरिकाले उक्त सम्झौता रद्द गर्दै इरानमाथि फेरि प्रतिबन्ध लगाएको थियो । जसका कारण इरानको मुद्राको मूल्य लगभग ७० प्रतिशत कम भएको थियो ।

सरकारले आयातको वित्तीय बोझ कम गर्नका लागि कैयन एक्सचेञ्ज दर तय गर्ने प्रयास गरेको थियो । तर खुला बजारमा केन्द्रीय बैंकको हस्तक्षेपपछि रियालको गिरावट जारी छ ।

संयुक्त राष्ट्र वाचडगले इरानसँग दुई संदिग्घ पुरानो परमाणुको स्थानमा जानका लागि अनुमति मागेको थियो । यसका साथै कोरोना भाइरसको महामारीका कारण व्यापक आर्थिक गिरावटबाट उत्पन्न भएको नकारात्मकताका कारण अहिलेको गिरावटको कारण मानिएको छ । तर यसले पनि ठूलो परिर्वतनको दिशामा लैजान सक्ने देखिएको छ ।

बीबीसी


क्लिकमान्डु