उपसमितिले भन्यो- सेबोन र नेप्सेका कर्मचारीलाई आईपीओ भर्न नदिनु



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा कार्यरत कर्मचारीले साधारण सेयर (आईपीओ) समेत खरिद गर्न नपाउने भएका छन् ।

प्रतिनिधिसभाको अर्थसमिति मातहतको उपसमितिले तयार पारेको प्रतिवेदनमा ती संस्थाका कर्मचारीले सेयर बजारमा प्रत्यक्ष सहभागी जनाउँदा अनावश्यक चलखेल हुन सक्ने भन्दै साधारण सेयर समेत खरिद गर्न नपाउने प्रस्ताव उल्लेख छ ।

मंगलबार उपसमितिका संयोजक रामकुमारी झांक्रीले समिति सभापति कृष्णप्रसाद दाहाललाई बुझाएको प्रतिवेदनमा ती संस्थाका कर्मचारीको हालसम्मको रहेको सेयर संख्या समेत सार्वजनिक गर्नुपर्ने समेत उल्लेख छ ।

यो व्यवस्था समितिको पूर्ण बैठकले पारित गरेको खण्डमा बोर्ड र नेप्सेमा कार्यरत कर्मचारीले सेयर बजारमा आईपीओ खरिद गर्न पाउने छैनन् ।


क्लिकमान्डु