नेप्सेले अनलाइन बन्द गरेर पुँजीबजारलाई जुवाघरमा परिणत गर्दैै !



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीइओ) चन्द्रसिंह साउदले समय–समयमा लगानीकर्तालाई अनलाइन चलाउन जानेनन् भनेर उडाउँदै आएका थिए ।

तर अहिले नेप्सको अनलाइन नै चल्न छोडेको छ ।

पछिल्ला दिनमा नेप्सेको अनलाइनमा ज्यादै समस्या देखिएको छ । लगानीकर्ताले अनलाइनमा हेरेर सेयर खरिद बिक्री गर्ने काम केही दिनयता एकादेशको दन्त्य कथा जस्तै भएको छ ।

नेपाल स्टक डटकम चल्न छोडेको त निकै भइसकेको छ । आइतबारबाट त नेपाल स्टक डटकम डट एनपी पनि चल्न छोडेको छ ।

आइतबारको कारोबारमा त टे«ड म्यानेजमेन्ट सिस्टम (टीएएस) नचलेर अनलाइनमा समस्या आउँदा लगानीकर्ता अन्धाधुन्दा कारोबार गर्न बाध्य भएका थिए । सोमबार पनि यो क्रम रोकिएको छैन ।

सामेबार पनि अनलाइन नचलेपछि लगानीकर्ता अन्धाधुन्द लगानी गर्न बाध्य भएका छन् । नेप्सेको नेतृत्वका निकम्मापनका कारण लगानीकर्तालाई सेयर बजार जुवाघर जस्तै बनेको छ ।

९८ दिनपछि बजार खुलेपनि ब्रोकरहरुले डिस्प्ले ओपन गर्न नपाउने व्यवस्थाका कारण लगानीकर्ता घरमा नै बसेर कारोबार गरिरहेका छन् ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले ब्रोकरमा जाने लगानीकर्ताले घरबाटै अनलाइनमा हेर्दा अनलाइनमा बढी भिजिटर भएको बताए ।

‘अनलाइनमा बढी भिजिटर हुँदा डाटा कुनैबेला आउने, कुनैबेला जाने भइरहेको छ । अहिले वेवसाइटमा डाटा देखिएको छैन, साथीहरु बनाउँदै हुनुहुन्छ,’ पराजुलीले भने ।

प्रत्येक ब्रोकरमा जाने लगानीकर्ताले घरमा नै बसेर साइट हेर्दा भिजिटर बढी भएर वेवसाइटमा लोड बढी हुँदा समस्या भएको हो ।

कुनै बेला कारोबार बढी हुँदा अनलाइनको कारण नेप्सेले रेकर्ड ब्रेक गर्यो भनेर कार्यालयमा लड्डु बाँडने साउद अहिले ब्रोकर कार्यालयमा जान नपाउने घरबाटै कारोबार गर्नुपर्ने समयमा अनलाइनमा देखिएको समस्या समाधान नगरी बसेका छन् । यसले पनि फ्रन्टलाइन रेगुलेटर नै नेपालको सेयर बजारलाई जुवाखालमा परिणात हुने लगानीकर्तामा चर्चा शुरु भएको छ ।

नेप्सेको अनलाइन सिस्टममा खराबी भएको भन्दै नयाँ निजी क्षेत्रको अनलाइन आवश्यक रहेको चर्चा पनि शुरु भएको छ ।


क्लिकमान्डु