धितोपत्र बोर्डको कारण लगानीकर्ताले सेयर बेच्न पाएनन्, नेप्सेको अनलाइनले दिनभर काम नै गरेन



काठमाडौं । सेयर धितो राखेर ऋण लिएका लगानीकर्ताले सेयर नै बेच्नको लागि कठिन हुने अवस्था सिर्जना भएको छ । लगानीकर्ताले आफ्नो खातामा भएको सेयर पनि बेच्न नपाउने अवस्था आएको छ ।

सर्ट सेलको कारण देखाउँदै धितोपत्र बोर्ड, नेप्सेले लगानीकर्ताको सेयरलाई बन्धक बनाइराखेका छन् । सेयर सेल गर्न नपाएपछि सप्लाईमा समस्या हुने र नियामकको बजार बढाउने चाहना पुरा हुने देखिएको छ ।

९८ दिन बजार बन्द गरेर खोलेपछिको कारोबारमा बजारलाई क्षणिक बढाउने काम भइरहेको भन्दै लगानीकर्ता आक्रोशित बनेका छन् । अहिले बोर्ड र नेप्सेले बजारलाई क्षणिक बढाउन नीतिगत व्यवस्था गर्ने हो की बजारको विकास गर्ने हो भन्दै प्रश्न पनि उब्जन थालेको छ ।
अहिले नेप्से र बोर्डका कारण लगानीतकर्ताहरु अन्योलमा परेका छन् ।

सर्ट सेल अर्थात खातामा नै सेयर नआईकन बिक्री भयो भन्दै त्यसलाई रोक्ने नाममा खातामा भएको सेयर पनि बेच्न नपाउने व्यवस्थाले लगानीकर्ता मारमा परेका हुन् ।

अहिले सर्ट सेलको नाममा अन्य लगानीकर्ताले समेत समस्या भोगिरहेका छन् । सरकारले सर्ट सेल नै रोक्न खोजेको हो भने यस्तो कारोबार गर्नेलाई कारबाही गरेर सबैको सेयर बन्धक बनाउन नहुने तर्क रहेको छ ।

मानौ कुनै एक जना लगानीकर्ताको १ लाख कित्ता सेयर रहेको छ । उसले ब्रोकरबाट मार्जिन लेण्डिङको लागि बैंकसँग कुरा गर्यो, १ करोड रुपैयाँ नगद हाले २ करोडको सेयर पाइन्छ । बाँकी रहेको पैसा बैंकले सिधै ब्रोकरकोमा पठाउँछ । अब तपाईको २ करोडको सेयर बेच्न जानु भयो भने पाउँनुहुन्न । त्यो बेच्नको लागि समस्या छ नगदको ।

२ करोड रुपैयाँको सेयर भएको मान्छे आफूसँग नगद नभएका कारण जीवनभर सेयर बेच्नबाट बन्चित हुनुपर्ने अवस्था आउछ । यता ब्रोकरसँग चेक लिएर कारोबार गर्ने हो भने पनि ब्रोकरले चिनजानलाई मात्रै दिने गरेको छ । मानौ ब्रोकरले चाहिएको पैसा दियो रिलिज भएको सेयर बिक्री भएन भने फेरी ब्रोकर फस्ने डर पनि रहेको चर्चा बजारमा सुरु भएको छ । सेयर बजारमा मार्जिन लेन्डिङको व्यवस्था भयो भन्दै गफ गरेपनि लगानीकर्तालाई अन्योलता कायम राखेको सेयर बजारका विश्लेषक प्रकाश तिवारी बताउँछन् ।

‘अहिले बजार बढाउने नाममा विभिन्न चलखेल समेत सुरु भएको छ । बजारमा हुने घटबढ भएको ब्युटी नै हो । अहिले जबरजस्ती बजार बढाउने काम भएको छ’ सेयर बजारको विश्लेषक तिवारीले भने ‘बजार बढनुपर्छ बजार बढ्यो भने लगानीकर्तालाई नै फाइदा हुन्छ । बढाउने भनेर अव्यवहारिक रुपमा पनि बढाउनु हुँदैन । अहिले त लगानीकर्ताले गाली गर्छन भनेर बजार बढाउने काम भएको छ । बजार बढ्ने नाममा अव्यवहारिक रुपमा बढाउनु हुँदैन ।’

धितोमा रहेको सेयर बेच्न नपाएका लगानीकर्तालाई आइतबार भने नेप्सेको प्रणालीले निकै नै दुःख दिएको छ । लकडाउनको कारण देखाउँदै ९८ दिनपछि खुलेको सेयर बजारमा नेप्सेको अनलाइन प्रणालीले दुःख दिएपछि लगानीकर्ताहरुले निजी क्षेत्रको स्टकको माग सुरु गरेका छन् ।

नेप्सेको अनलाइनले समस्या दिन थालेपछि निजी क्षेत्रको नयाँ स्टकको चर्चा सुरु भएको छ । नेप्सेको अनलाइनमा सुरुदेखि नै समस्या रहेको धितोपत्र बोर्डका अधिकारीहरुले नै भन्दै आएका छन् ।

तर केही समय अगाडि अनलाइन प्रणालीबाट धेरै कारोबार भयो भन्दै नेप्सेका सिइओ साउनले कार्यालयमा नै लड्डु समेत बाँडेका थिए ।
विश्वमा नै सबैभन्दा लामो समय नेपालको पुँजीबजार बन्द गरेर खोलेकोको धितोपत्र बोर्डले आगामी दिनमा अनलाइनमा कुनै समस्या नहुने तर्क गरेको थियो ।

तर, आइतबारको कारोबारले भने लगानीकतालाई नेपालको पुँजी बजारलाई जुवा घर नै बनाएको चर्चा सुरु भएको छ ।

आइतबार लगानीकर्ताले नेप्सेको अनलाइन चलाउन पाएनन् । पहिला त नेप्सेको सिस्टममा मात्रै खराबी थियो । अहिले नै अनलाइ नै चल्न छोडेको छ । जसका कारण पनि लगानीकर्ताहरुले नयाँ स्टक माग गरेका हुन् ।

नेप्सेको अनलाइन र सिस्टमको खराबीका कारण लगानीकर्ता यतिबेला अन्धाधुन्दा पुँजी बजारमा लगानीगर्न बाध्य भएका छन् ।
आइतबार टे«ड म्यानेजमेन्ट सिस्टम (टीएएस) नचल्दा, अनलाइनमा समस्या आउँदा लगानीकर्ता अन्धाधुन्दा कारोबार गर्न बाध्य भएका हुन । यो दिन अधिकाशं लगानीकर्ताले मार्केट डेप्थको आधारमा सेयरको माग र आपूर्तिको सन्तुलन मिलाएर सेयर कारोबार गरेका थिए । पछि अनलाइन पनि चल्न छोडेपनि त्यसबाट पनि लगानीकर्ता बन्चित भएका छन् । तै पनि नेप्से भने अनलाइन सिस्टममा कुनै खराबी नभएको तर्क गर्न पछि पर्दैन । अनलाइन सिस्टम राम्रो भएको भन्दै कार्यालयमा नै लड्डु बाँडन पछि पर्दैन ।

‘अहिले थोरै संख्यामा रहेका सेयर लगानीकर्ताले अनलाइनको प्रयोग गर्दा यस्तो समस्या हुने र धेरैले चलाउन थालेभने अहिलेको सिस्टमले थेग्न नसक्ने सेयर बजार विश्लेषक प्रकाश तिवारी बताउँछन् ।

अझै पनि वेटेज एभरेज कसरी गणना गर्ने भन्नेमा लगानीकर्तामा अन्योलता रहेको छ । ब्रोकरलाई वेटेज एभरेज भनेको के हो भनेर सोध्ने लगानीकर्ताले अनलाइनबाट आवेदन दिँदा अडर सफल भएन भने कारोबार गर्न सकिँदैन । त्यसको लागि नेप्सेलाई फोन गर्नुपर्ने बाध्यता अझै रहेको छ ।


क्लिकमान्डु