नागरिक लगानी कोष र चन्द्रागिरी हिल्सबीच सेयर निस्कासन सम्झौता



काठमाडौं । नागरिक लगानी कोष र चन्द्रागिरी हिल्सबिच स्थानिय बासिन्दा एबं सर्वसाधारणमा सेयर निस्कासन एबं प्रत्याभुति नियुक्ती गर्ने सम्बन्धी आइतबार सम्झौता भएको छ ।

चन्द्रागिरी हिल्सको १८ लाख ४० हजार ९ सय १० कित्ता सेयरको १८ करोड, ४० लाख ९१ हजार रुपैया बराबरको सेयर प्रत्याभुत गर्ने सम्झौता भएको हो ।

उक्त प्रत्याभुतिमा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र चन्द्रागिरी हिल्सको तर्फबाट कम्पनीका महाप्रबन्धक अभिषेक बिक्रम शाहले हस्ताक्षर गरेका छन् ।


क्लिकमान्डु