२ अर्ब फिर्ता पाएपछि नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य के होला ? (प्राविधिक विश्लेषण)



नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २.७३ प्रतिशत घटेर २ अर्ब ४९ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा बैंकले २ अर्ब ५६ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा बैंकले २४ करोड ७१ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । यो गत आर्थिक वर्षको तुलनामा ८२.८० प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब ४३ करोड रूपैयाँ वितरण योग्य नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी ७.६५ प्रतिशत घटेर ४ अर्ब ५३ करोड रुपैयाँमा घटेको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ४ अर्ब ९१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । त्यसैगरी, सञ्चालन नाफा पनि ३.३० प्रतिशतले घटेर ३ अर्ब ५६ करोड रुपैयाँमा झरेको छ। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ३ अर्ब ६८ करोड रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।

यस अवधिमा बैंकको कर्मचारी खर्च १ अर्ब १२ करोड रुपैयाँबाट बढेर १ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, अन्य सञ्चालन खर्च पनि ५४ करोड रुपैयाँबाट बढेर ६१ करोड रुपैयाँ पुगेका छ । चैत मसान्तसम्म बैंकले १ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा १ खर्ब ३८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो ।

हाल १४ अर्ब २४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ११ अर्ब ५७ करोड रुपैयाँ छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा १० अर्ब ५३ करोड रुपैयाँ रहेको थियो । बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ७९ पैसा घटेर २३ रुपैयाँ ३८ पैसा कायम भएको छ ।

बैंकको प्रतिशेयर नेटवर्थ भने १९० रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १५.९५ गुणा रहेको छ । बैंकको पूँजी कोष अनुपात १२.५९ प्रतिशत रहेको छ भने कोषको लागत ६.४८ प्रतिशतबाट घटेर ६.३८ प्रतिशत पुगेको छ । त्यस्तै, बैंकको आधार दर ८.५३ प्रतिशत रहेको छ भने स्प्रेड दर ५.१ प्रतिशत रहेको छ ।

प्राविधिक विस्लेषण

मैनबत्ति

तीन लगातार बढेको नेपाल इन्भेष्टमेन्ट बैंक बिहिवार ५ दशमलव १६ प्रतिशतले घटेर लङ्ग वडी वियारिश क्यान्डल बनेको छ । केहि खरिद चाप देखिएतापनि अन्त्यमा अत्यधिक बिक्रिचाप आएको देखिन्छ ।

१४ दिने आरएसआई रिलेटिभ स्ट्रेन्थ इन्डेक्स

यस साताको विहिवार मात्र कम्पनीको कारोवार बन्द हुँदा १४ दिने आरएसआई रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ५८ दशमलव ४७ को स्केलमा पुगेको छ ।

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स (एमएसीडी)

नेपाल इन्भेष्टमेन्ट बैंकको एमएसीडी रेखा र सिग्नल रेखाले बुलिश क्रस गएको छ । हिस्टोग्राम पनि सेन्ट्रल लाइन भन्दा माथि पुगेको छ।

बोलिंजर ब्याण्ड

साताको सुरुवातमा आक्रामक देखिएको बैङ्क साताको अन्त्यमा माथिलो ब्याण्ड छोएर क्रम गर्न सकेन ।

निस्कर्ष

नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा गत वर्षको तुलनामा २.७३ प्रतिशत कम छ । त्यसै गरि वितरणयोग्य नाफा पनि ८२.८० प्रतिशतले घटेर २४ करोड ७१ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। बैंकको खुद ब्याज आम्दानी, फि तथा कमिसन घट्नु र अन्य सञ्चालन खर्च १२ प्रतिशतले वृद्धि हुँदा नाफा कम भएको हो। १० अर्ब ५३ करोड रुपैयाँ रहेको जगेडा कोष ९.८५ प्रतिशतले वृद्धि गरि ११ अर्ब ५७ करोड रुपैयाँ पुर्याएको छ ।

इन्भेष्टमेन्ट बैंकले करिब २ अर्ब रुपैयाँ बराबरको तनहुँ हाइड्रोपावर सम्बन्धी मुद्दामा १६ महिना पछि नेपाल इन्भेष्टमेन्ट बैंकले जित हासिल गरेको छ । इटालीको इन्टेसा सानपाओलो बैंकको तर्फबाट सीएमसीको काउन्टर ग्यारेन्टी बसेको नेपाल इन्भेष्टमेन्ट बैंकले मुद्धा जितेपछि दुई अर्ब रुपैयाँ यही असार मसान्तमा नोक्सानी ब्यवस्था गर्नुपर्ने बाध्यताबाट मुक्त भएको हो ।

त्यसैले नेपाल इन्भेस्टमेन्ट बैङ्क यस वर्ष वितिय विवरणमा ठुलो परिवर्तन हुने आस गरिएपनि विज्ञहरु संकट मात्र टरेको र वित्तिय वित्तिय अवस्था अहिले अवस्था हुने बताउछन् । बैंकले नोक्सानी ब्यवस्था नगरेकोले यस वर्ष लाभांस वितरण गर्ने क्षमता बढ्ने छैन तर अर्को वर्ष बैकमा तरलता तथा जगेडा कोष मजबुत हुने सम्भावना प्रबल रहेको छ । करिव १ वर्ष भन्दा बढी देखि दवावमा रहेको बैंकको मूल्य पछिल्लो समय लगानीकर्तामा आकर्षण देखिएको छ ।

गत साताबाट खुलेको बजारमा नेपाल इन्भेस्टमेन्ट बैङ्क ३ दिन बढेको बजार बिहिवार सुधार देखियो। २० दिने मोभिंग एभरेज भन्दा मूल्य माथि छ भने लङ्ग वडी वियारिश क्यान्डल बनेको छ । १४ दिने आरएसआई रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ५८ दशमलव ४७ को स्केलमा पुगेको छ भने एमएसीडी रेखा र सिग्नल रेखाले बुलिश क्रस गएको छ।

हिस्टोग्राम पनि सेन्ट्रल लाइन भन्दा माथि पुगेको छ । साताको सुरुवातमा आक्रामक देखिएको बोलिंजर ब्याण्डमा माथिल्लो ब्याण्ड छोएर मध्ये ब्याण्ड तिर फर्किएको छ ।

गत सातादेखि एउटा डिक्याट खाताबाट एउटा ब्रोकरमा मात्र कारोबार गर्न मिल्ने ब्यवस्था लागु गरिएपछि प्राय लगानीकर्ता कारोबारबाट बंचित हुनु परेको छ । यस कारण विक्रीचाप घटेकोले आशा गरिए विपरित नेप्से परिसूचक बढेको हो । यस कारणले पनि बजार सन्तुलन नभएसम्म नेपाल इन्भेष्टमेन्ट वैंक खरिदको केहि समय कुर्नु राम्रो देखिन्छ ।

(तथ्यांक विश्लेषणको आधारमा तयार पारिएको प्राविधिक विश्लेषणको आधारमा हुने लगानीको लाभहानीको जिम्मेवार क्लिकमाण्डू हुने छैन)


क्लिकमान्डु