साधना लघुवित्तको आइपीओ खुल्यो, ६६ हजार १५२ जना आवेदकले मात्र १० कित्ता पाउने



काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि सेयर निष्कासन गरेको छ । लघुवित्त संस्थाले ७ लाख ७ हजार ८०० कित्ता सेयर निष्कासन गरेको छ ।

जसमा ०.५ प्रतिशत सेयर १० हजार ८९० कित्ता सेयर कर्मचारीको लागि आरक्षण गरिएको छ भने सामुहिक लगानी कोषको लागि ३५ हजार ३९० कित्ता आरक्षण गरिएको छ । यो आधारमा सर्वसाधारणले ६ लाख ६१ हजार ५२० कित्ता सेयरमा मात्र सर्वसाधारण आवेदन गर्न पाउँछन् ।
सबैले १० कित्ता सेयर पाउने भएको हुँदा यो आइपीओमा ६६ हजार १५२ जना आवेदकले मात्र गोलाप्रथाबाट सेयर पाउँछन् । यसअघि परेको आइपीओ हेर्दा यसमा मागभन्दा अत्याधिक बढी आवेदन पर्छ । त्यो हुँदा १० कित्ताभन्दा बढीको आवेदन गर्न यो सेयरमा पर्दैन ।


क्लिकमान्डु