मन्त्रीहरुलाई कित्ता प्रष्ट पार्न प्रधानमन्त्री ओलीको आग्रह, पार्टी फुट्न सक्ने संकेत



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रीपरिषद्का सदस्यहरुलाई बोलाएको परामर्श बैठक सकिएको छ । बालुवाटारमा प्रधानमन्त्री ओलीले राज्यमन्त्रीलाई समेत परामर्शमा बोलाएका थिए ।

उनले बैठकमा स्थायी समितको हुल्लडबाजहरुले आफुलाई गाली गर्ने गरेको र स्थायी समितिको निर्णय नमान्ने भन्दै आफुले केही कदम चाल्ने र त्यसमा कुन कित्तामा लाग्ने हो प्रष्ट हुन भनेका छन् ।

बैठकमा प्रधानमन्त्रीले आफुले ‘बाइफोर्स’ र ‘बाइस्टेप’ कदम चाल्ने बताएका थिए । बैठकमा सहभागी मन्त्रीका अनुसार त्यो भनेको कुनै सहमति नभएमा पार्टी फुटाउने अध्यादेश ल्याउने र पार्टी फुटाउने भन्ने हो ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्रीको भनाई पार्टी फुट्न लागेको र आफ्नो लाइन क्लियर गर्न भनिएको छ ।

‘तपाईहरु मन्त्रीमात्र होइन,पार्टीको जिम्मेवार सदस्यपनि हो आफ्नो लाइन क्लियर गर्नुहोस्,’मन्त्रीहरुको भेटमा प्रधानमन्त्रीले भने ।

नेकपा अध्यक्ष समेत रहेका ओलीको दुवै पदबाट राजीनामा मागेपछि नेपाल कम्युनिष्ट पार्टी चरम संकटमा छ । प्रधानमन्त्री ओलीले संसद्को बैठक स्थगित गरेका छन् । जसको कारण पार्टी फुटाउने अध्यादेश आउने आकलन गरिएको छ ।

प्रधानमन्त्रीले आफु र राष्ट्रपतिलाई हटाउने खेल भएको र आफुले पद नछाड्ने जानकारी मन्त्रीहरुलाई गराएका थिए । आफुले पद त्याग गरेमा राष्ट्रियता र कम्युनिष्ट आन्दोलन नै संकटमा पर्ने ओलीको भनाई थियो ।


क्लिकमान्डु