गोरखा र रूपन्देहीका २ जना कोरोना संक्रमितको मृत्यु, कुल संख्या ३४ पुग्यो



काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमित थप २ जनाको मृत्यु भएको छ । यसरी कोरोना संक्रमित भइ मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार गोरखाका ४४ वर्षे पुरुषको असार १९ गते  निमोनिया भइ गोरखा अस्पतालको आइसोलेसनमा भर्ना भएकोमा असार २० गते बिहान ५ बजे उपचारका क्रममा मृत्यु भएको हो । उनमा गत असार १८ गते कोरोना पुष्टि भएको हो । उनी असार १७ गते कतारबाट नेपाल आएका थिए ।

त्यसैगरी रूपन्देही देवदहका ७५ वर्षे पुरूष असार १४ गते टिचिङ अस्पतालमा भर्ना भएका थिए । उनी क्षयरोगको उपचार गराइरहेका थिए । उनको गत असार १७ गते मृत्यु भएको थियो भने १८ गते कोरोना पुष्टि भएको थियो ।


क्लिकमान्डु