शनिबार २३२ जना थपिए काेराेना संक्रमित, कुल संख्या १५ हजार ४९१ पुग्यो



काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यसरी हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार हालसम्म उपचारपछि निको हुने कोरोना संक्रमितको संख्या ६ हजार ४१५  जना पुगेको छ । जसमा पछिल्लो २४ घण्टामा मात्रै २७२ जना उपचारपछि निको भएका छन् ।

हाल आइसोलेसनमा ९ हजार ४२ कोरोना संक्रमित छन् भने क्वारेन्टिनमा ३३ हजार १२५ जना छन् । हालसम्म ३४ जनाको मृत्यु भएको छ । जसमध्ये पछिल्लो २४ घण्टामा मात्रै २ जनाको मृत्यु भएको हो ।


क्लिकमान्डु