आगामी साता दुई कम्पनीको आईपीओ, कति लगानी गर्दा ठिक ?



काठमाडौं । दुई वटा कम्पनीको साधारण सेयर (आईपीओ) आगामी सातादेखि निष्काशन हुने भएको छ ।

एउटा निर्जीबन बीमा र एउटा लघुवित्त वित्तीय संंस्थाको साधारण सेयर आउन लागेको छ ।

आगामी आइबारदेखि प्रतिकित्ता एक सय रुपैयाँका दरले ७ करोड ७ लाख ८० हजार रुपैयाँको ७ लाख ७ हजार ८ सय कित्ता सेयर निष्काशन हुन लागेको हो । जसमा १० हजार ८९० कित्ता कर्मचारीलाई छुट्याइएको छ भने ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषलाई र बाँकी रहेको ६ लाख ६१ हजार ५२० कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

न्यूतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

असार २१ देखि २४ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग बमोजिम आवेदन नपरेको खण्डमा साउन ४ गतेसम्म आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । यस आइपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ प्लस रेटिङ दिएको छ ।

धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ भने मेरो सेयरबाट पनि पनि आवेदन दिन सकिनेछ ।

सर्वसाधारणले ६ लाख ६१ हजार ५२० कित्ता मात्र सेयर पाउने भएको हुँदा यो आइपीओमा १० कित्ताभन्दा बढी आवेदन गर्नु उपयुक्त हुँदैन । यसअघिको पुनर्बीमा र एनआईसी एशिया लघुवित्तमा परेको आवेदन हेर्दा साधना लघुवित्तको आइपीओ गोलाप्रथाबाट मात्र बाँडफाँड हुने आकलन गर्न सकिन्छ । त्यो हुँदा १० कित्ता भन्दा बढी आवेदन नदिदा ठीक हुन्छ ।

यस्तै अजोड इन्स्योरेन्सले प्रति कित्ता एक सय रुपैयाँ बराबरको ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता सेयर निष्काशन गर्ने भएको छ ।
३० लाख कित्तामा १ लाख २० हजार कित्ता कर्मचारी १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ भने बाँकी रहेको २७ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

अजोडको आईपीओमा असार २५ गतेदेखि २९ गतेसम्म आवेदन दिन सकिने छ । त्यो अवधिमा माग बमोजिम आवेदन नपरेमा साउन ८ गतेसम्म आवगेदन दिन सकिने बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ । न्यूनतम १० देखि १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । यो आइपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ प्लस रेटिङ दिएको छ । अजोडमा पनि १० कित्तामात्रै आइपीओ पर्ने सम्भावना छ । त्यो हुँदा १० कित्ताभन्दा बढी आवेदन नदिदा ठीक हुने देखिन्छ ।


क्लिकमान्डु