नेकपासँग फुट्ने र जुट्ने बाहेकको बिकल्प छैन, प्रधानमन्त्रीको राजीनामा आउदैनः गोकुल बाँस्कोटा



नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्व मन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने मागमा कुनै तर्क नभएको बताएका छन् ।

उनले सरकारले गर्ने काम निरन्तर गरिरहेकाले पार्टीमा राजीनामाको माग उठनुमा कुनै तर्क नभएको बताए ।

न्यूज एजेन्सी नेपालसँग कुरा नेता बाँस्कोटाले प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन नपर्ने बताए ।

‘खासगरीकन प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ दुईवटै पद छोडनुपर्छ भन्ने कुरा हो यो चाहिं जम्मा जम्मिमा काम नलाग्ने कुतर्क हो । यो त नेताहरुलाई पनि थाहा छ । त्यसैले जे भिलेको छैन वहाँहरु छलफल गर्नुहुन्छ । पर्सि बैठक हुने हो । भोलि वहाँहरु दुईवटा अध्यक्ष लामो छलफल गर्नुहुन्छ होला । संवादबाटै निकास खोज्ने हो । त्यस्तो धेरै पेचिलो छैन,’उनले भने ।

नेता बाँस्कोटाले नेकपासित विभाजन हुने, एकतालाई बलियो बनाउने वा नेताहरुबीच कम्प्रमाइज हुने बाहेकको विकल्प नभएको पनि बताए ।
‘नेकपासित के विकल्प छन ? या त विभाजन हुन पर्यो  या त एकता गर्नप¥यो या त कम्प्रमाइज गर्नप¥यो । यो भन्दा बाँकि त कुनै विकल्प नेकपासित छैन नी । सबैलाई थाहा छ नेकपा संक्रमण कालमा चलिरहेको छ । त्यसैले यस्तो बेलामा दुईवटा स्कुलिङको द्धन्द्धपनि देखिन्छ । त्यो कुरा नेताहरुलाई थाहा छ ।’

उनले बैठकमा राजीनामाको कुरा उठ्नु स्भाविक भएको बताए । लोकतन्त्रमा आफ्ना कुरा सबैले राख्न सक्ने तर अहिले सम्म लक्षमण रेखा कसैले ननाघेको बताए ।

‘बैठक बस्छन आफ्ना कुरा राख्छन, आफ्नो दृष्टिकोण राख्छन तर लक्षमण रेखा कसैले पनि नाघेको मैले देखेको छैन् । नाघ्ने कोसिस पनि कसैले गर्दैन किन भने एकता गर्दा नै यसका पेचिला पक्ष र यसका उज्वल पक्षहरुको बारेमा जानकार नै छन्,’ उनले भने ।
प्रधानमन्त्री र पार्टी अध्यक्षको पादबाट राजीनामा माग गर्ने एउटा कुरा भएको तर दिने या नदिने भन्ने कुरा प्रधानमन्त्रीको स्वविवेकको कुरा भएको बताए ।

अझैपनि मेजोरिटी प्रधानमन्त्रीकै नाममा रहेकाले राजीनामा दिनुपर्ने अवस्था नरहेको बताए ।

उनले व्यक्ति हेरेर सिद्धान्तहरुको निरुपण वा प्रतिवादन गर्न नहुने समेत बताए ।

प्रधानमन्त्री पाँच वर्षलाई निर्वाचित भएको र दुईवटा अध्यक्ष महाधिवेसन नहुँदा सम्मलाई अध्यक्ष भएकाले एक व्यक्ति एक पद लागू नहुने पनि उनले स्पस्ट पारे ।

अहिले प्रधानमन्त्रीमाथि कुनै ठूलो चौतर्फि आक्रमण पनि नभएको बताए ।

‘चौतर्फि आक्रमण पनि छैन । प्रश्न उठनु आक्रमण होइन, प्रश्न उठनुु आक्रमण मानिदैन प्रश्न उठछ जवाफ दिनेले जवाफ दिनुपर्छ । तथ्याङ्क पेश गर्नुपर्छ,’उनले भने ।

नेता बाँस्कोटाले संसद अधिवेसन अन्त्य गर्ने सम्बन्धमा प्रमुख प्रतिपक्षी दलका नेता र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई समेत जानकारी रहेको बताए ।

संसदको महत्वपूर्ण बिजनेस नभएको जानकारी सबैलाई भएको र त्यसै कारण संसदको अधिवेशन अन्त्य हुनुलाई कुनै अनौठो मान्नु नपर्ने उनले बताए ।


क्लिकमान्डु